• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    नेपालमा फेरि भूकम्पको शक्तिशाली धक्का, कहाँ हो केन्द्रविन्दु ?

    2.2K
    SHARES

    काठमाडौं । नेपालमा फेरि भूकम्पको कडा धक्का गएको छ । भूकम्प सुदुरपश्चिमको दार्चुलामा गएको छ । आज बिहान दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र जनाएको छ । बिहान ९ : ४८ बजे गएको भूकम्प ४.२ रेक्टरस्केल मापन गरिएको छ ।

    यस अघि हिजो मात्र काठमाडाैं उपत्यकामा भूकम्पको धक्का महसुश गरिएको थियो। काठमाडाैंको कुलेश्वर केन्द्रबिन्दु भएर सोमबार भूकम्पको धक्का महसुश गरिएको हो ।

    दिउँसो २ बजेर ३२ मिनेटमा ३ दशमलव १ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । परकम्पको धक्का कुलेश्वरसहित आसपास र ललितपुरका केही क्षेत्रमा महसुस गरिएको थियो । मध्य काठमाडौंमै केन्द्रविन्दु रहेकाले वरपरका बासिन्दाले धक्का महसुस गरेका थिए।

    २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पको परकम्प अझै पनि गइरहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसैबीच दुई दिनदेखि काठमाडाैं उपत्यकामा दिउँसो गर्मी अनुभव हुन थालेको छ ।

    पुसमै गर्मी भएको भन्दै धेरै अचम्ममा परेका छन् । दिउँसो अधिकतम तापक्रम बढेपछि गर्मी अनुभव भएको हो । शुक्रबार काठमाण्डौको अधिकतम तापक्रम २१ दशमलव ४ डिग्री सेल्सियस रहेकोमा शनिबार २२ दशमलव ४ डिग्री सेल्सियस पुगेको थियो ।

    हिजोको अधिकतम तापक्रम २३ डिग्री सेल्सियस रेकर्ड भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बढेर २४ डिग्री सेल्सियस पुग्ने महाशाखाको अनुमान छ । अबको केही दिनसम्म काठमाण्डौको तापक्रम यही हाराहारीमा रहने महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।

    अघिल्लो हप्ता देशका विभिन्न भागमा वायु प्रदूषण ह्वात्तै बढ्दा अधिकतम तापक्रम घटे पनि न्यूनतम तापक्रम बढेको थियो । बदली भए पनि त्यतिबेला धेरै चिसो महशुस भएको थिएन । शुक्रबारदेखि मौसम सफा हुन थालेपछि दिउँसोको समयमा अधिकतम तापक्रम बढेको हो ।

    अब बिस्तारै चिसो घट्दै जाने हुँदा तापक्रम बढ्नु सामान्य भएको मौसमविद् प्रधानाङ्गले बताए । यस वर्षको हिउँदमा हिउँ र पानी कम पर्नु तथा अहिले वायुको बहाव अरेबियन सागर हुँदै आएकाले न्यानो महशुस भएको मौसमविद् प्रधानाङ्गको भनाइ छ ।

    यसैबीच आज राति प्रदेश १, २ र वाग्मती प्रदेशका केही ठाउँमा हल्का पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका जिल्लाहरुमा आज पनि बिहानैदेखि बाक्लो हुस्सु लागेको छ ।

    यस्तै भिजिबिलिटी नभएपछि आन्तरिक उडान प्रभावित भएको छ । हुस्सी नहटेपछि तराईका सबैजसो विमानस्थलमा हुने आजका उडान प्रभावित भएका हुन् ।

    भिजिविलिटी नभएपछि विराटनगर, जनकपुर, सिमरा, भैरहवा, भरतपुर, टुम्लिनटार र नेपालगञ्जका लागि आज मध्यान्ह १२ बजेअघि तय भएका १९ वटा उडान रद्द भएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार बुद्ध एयरलाइन्सका १० वटा, यती एयरलाइन्सका ६ वटा र सौर्यका ३ वटा उडान आज रद्द भएका छन् । बुद्ध एयरले नेपालगञ्ज, सिमरा, भैरहवा र तुम्लिङटारका उडान स्थगित गरेको छ । यस्तै सौर्य एयरले भद्रपुरको उडान स्थगित गरेको छ ।

    भिजिविलिटी नहुँदा अरू २० वटाभन्दा धेरै उडानमा ढिलाइ भएको उनले बताए । ‘तराइमा भिजिविलिटी छैन यसैकारण आज तय भएका आन्तरिक उडानतर्फका ८८ वटा उडानमा धेरैजसो प्रभावित भएको छ,’ क्षेत्रीले भने ।

    हुस्सु खेलेर भिजिविलिटी पर्याप्त भएमा साँझसम्म उडान हुन सक्ने अपेक्षा गरिएको छ । अन्तर्राष्ट्रिय उडानका जहाजलाई अवतरण गर्न एक हजार ५०० मिटर भिजिबिलिटी चाहिन्छ । त्यस्तै आन्तरिक उडानका जहाजको प्रकृति अनुरुप फरक–फरक भिजिबिलिटी हुनुपर्छ ।

    आइएफआर जहाजलाई उडानका लागि डेढ किलोमिटर भिजिबिलिटी चाहिन्छ । ती जहाजलाई अवतरणका लागि तीन किलोमिटर भिजिबिलिटी चाहिन्छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ