• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    विद्यार्थीले जलाए मप विश्वविद्यालयका उपकुलपति सिंहको पुत्ला

    694
    SHARES

    काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीले उपकुलपतिको पुत्ला जलाएका छन् । उपकुलपतिको निर्देशनमा विद्यार्थीमाथि आक्रमण र प्रहरी दमन भएको भन्दै विद्यार्थीले सोमबार बिहानै विश्वविद्यालय परिसरमा उपकुलपति नन्दबहादुर सिंहको पुत्ला जलाएका हुन् ।

    आइतबार विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहलाई ज्ञापन पत्र बुझाउन गएका विद्यार्थीमाथि प्रहरीले दमन गरेको थियो । विद्यार्थीले विश्वविद्यालयमा सम्बन्धनविनै अध्यापन भइरहेको हाइड्रो इन्जिनियरिङ, कोरोना अवधिको शुल्क मिनाहको विषयमा उपकुलपतिलाई ज्ञापनपत्र बुझाउन पुगेका थिए ।

    उपकुलपतिले ज्ञापन पत्र बुझ्न नमानेपछि धर्नामा बसेका विद्यार्थीमाथी प्रहरीले लाठीचार्ज, अश्रुग्याँस र हवाईफायर गरेको विद्यार्थीको दाबी छ । त्यसक्रममा केही विद्यार्थी घाइते भएका छन् ।

    केही महिनाअघि मात्रै ज्ञापनपत्र बुझाउन उपकुलपति कार्यालय पुगेका नेविसंघका पूर्वकेन्द्रीय सदस्य अनिल शाहीमाथि उपकुलपतिको संलग्नतामा उनकै कार्यकक्षमै कुटपिट भएको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ