• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    टोखा ह’त्याका’ण्डबारे भयो यस्तो नयाँ खुलासा

    538
    SHARES

    काठमाडौँ । काठमाडौंको टोखारोडस्थित ग्राण्डी हस्पिटल नजिकैको भिल्लामा रहेको १ बेडरुमको अपार्टमेण्टमा शुक्रबार श्रीमान र श्रीमतीको वि’भ’त्स शव फेला परेपछि प्रहरीले अनुसन्धान थालेको छ ।

    प्रहरी स्रोतका अनुसार,श्रीमानको क्ष’तवि’क्षत टाउको हेर्दा उनलाई चाँहि मारेको अर्थात् ह’त्या गरिएकै भन्नेमा कुनै शंका छैन । मसला पिस्ने सिलौटामा रगत ल’त’पतिएको छ र सिलौटामा पुरुषको कपाल पनि टाँसिएको छ ।

    शवको प्रकृति हेर्दा ‘गोलभेँडाको अचार पिस्ने सिलौटाले हानेर श्रीमानको टाउकोलाई नै अचार बनाइएको’ देखिन्छ । झ’ण्डै तीन केजीको सिलौटाले हा’नेको कारण पुरुषको टाउकोबाट गिदीसमेत ओछ्यानमा छरपष्ट भएको देखिन्छ । तर,श्रीमती चाँहि झु’ण्डि’एर पासो लगाई मरेको अवस्थामा थिइन् ।

    प्रहरीले श्रीमतीलाई पनि कसैले मारेर झु’ण्डा’इएको हो कि भन्ने आशंका समेत गरेको छ । त्यसको लागि प्रमाण खोज्दै त्यतापट्टि पनि अनुसन्धान थाल्ने बताइएको छ । तर,अहिलेलाई यहि हो भन्न सकिने अवस्था नदेखिएको स्रोतको दाबी छ ।

    स्रोत भन्छ ‘हामी अनुसन्धानको सबै पाटोबाट हेर्दैछौं ।’ किचेन पछाडिको ढोका खुल्ला रहेको सम्बन्धमा पनि प्रहरीले नजिकबाट अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

    मृतक महिलाकी दिदीका अनुसार बुधबारसम्म बहिनी र ज्वाईं सम्पर्कमा नै थिए,त्यसपछि सम्पर्क नभएको हो । मृतक महिलाको माइती र दिदीको घर नजिकैको ग्रिनल्याण्ड चोकमा छ ।

    सामाजिक सञ्जालदेखि कुनैपनि सम्पर्कमा नरहेपछि दिदी बहिनीलाई भेट्न शुक्रबार बिहान त्यहाँ पुगेकी थिइन् । दिदीले प्रहरीलाई बताएअनुसार ‘पछाडिको ढोकाबाट जाँदाजाँदै बहिनी झु’ण्डि’एको देखेँ ।’ तर प्रहरीलाई त्यस्तो विभ’त्स ह’त्याको खबरचाँहि ढिलो गरिएको थियो ।

    बिहान ९ बजेको हाराहारीमा खुल्ला रहेको पछाडिको जाली ढोकाबाट छिर्दा बहिनीको झु’ण्डिएको ला’श र बेडमा ज्वाईंको वि’भत्स अवस्था देखेपछि दिदी हिँड्दै माइतीमा गएर आमालाई भनेकी थिइन् । त्यसपछि अमेरिकामा रहेका आफन्तलाई खबर गरेको दिदीले प्रहरीलाई बताएकी छिन् ।

    त्यत्रो विभत्स हत्या र घटनाको खबर प्रहरीलाई साँझमा मात्र गर्नुले घटनालाई रहस्यमय बनाइदिएको हो । टाउकोबाट गिदी बाहिर निस्किएकाले पुुरुषको लाश शुक्रबार साँझ नै गन्हाएको अवस्थामा थियो । तर,श्रीमतीको लाश भने गन्हाएको थिएन ।

    प्रारम्भिक अनुसन्धानबाट श्रीमतीले आवेशमा श्रीमानलाई मारेर आफैँ झु’ण्डिएको नै देखिए पनि पछाडिको ढोका खुल्ला भएकोले घटनालाई यसै हो भन्न नसकिने अवस्थामा पुर्याएको छ ।

    श्रीमान र श्रीमती मारिएको घटनाको अन्तर ८ देखि १० घण्टा जति थियो । टाउकोबाट गिदी आउने गरी हानिएपनि पुरुषको शरीरमा अन्त कुुनैपनि किसिमको डाम नदेखिएको बताइन्छ । दुवैले अन्तिम अवस्थामा बच्ने कोशिस र संघर्ष गरेको कुनै संकेतसमेत नदेखिएको प्रहरीको प्रारम्भिक रिपोर्टमा उल्लेख छ ।

    स्रोतका अनुसार बानेश्वर घर भएका मृतक ३३ वर्षका उमेश केसी घर ज्वाईं बसेका थिए । त्यसैले उनी आफ्नो घर बानेश्वरतिरको आउजाउ नै बन्द गरेका हुन् ।

    सन् २०१४ मा बिहे गरेर ससुरालीबाटै अमेरिका गएका उनी आईटीका विद्यार्थी थिए । गत दशैंमा काठमाडौं आएपछि भिल्लाभित्रको १ बेडरुम अपार्टमा बस्न थाले । उनको एक सातामै अमेरिका फर्कने कार्यक्रम थियो ।

    प्राप्त प्रारम्भिक जानकारीमा श्रीमती सुदीक्षा गिरीले मलाई पनि अमेरिका लैजानुपर्छ भनेकी थिइन् । त्यहि क्रममा भर्खरै ग्रीन कार्डप्राप्त श्रीमानले पनि अमेरिकाबाट पठाएको त्यत्रो पैसा खोई भनेर सोधपुछ गरेपछि आवेशमा घटना भएको हुनसक्ने अड्कल लगाइएको छ । सात वर्षदेखि केटो उता अमेरिकामा एक्लै बसेको र श्रीमती पनि यता त्यसैगरी बसेपछि त्यहि विषयले समेत मनमुटाव बढाएको हुनसक्ने अर्को कोणबाट पनि प्रहरीले विश्लेषण थालेको छ ।

    तर,रकम र कारोबारको बारेमा भने अहिले नै यकिन छैन । बिबाह गरेको ७ वर्षसम्म श्रीमतीलाई अमेरिका लैजाने वा श्रीमतीले अमेरिका जाने प्रक्रियासमेत शुरु गरेको देखिँदैन । श्रीमान् केसी र महिला गिरी परिवारको भएकै कारण केटोको घरतर्फ आउजाउ नभएको बताइन्छ । जनआस्थाबाट

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ