• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    स्वास्थ्य

    किन हुन्छ सपनामा से’क्स ? यस्ता छन् कारण

    1.4K
    SHARES

    निदाएपछि सपना हरेक मानिसले देख्छन् । केही व्यक्तिहरु सपनालाई आफ्नो अवचेतन मनको इच्छाहरुसँग जोड्छन् भने कसैले यसलाई जिन्दगीको कामनाको रुपमा अथ्र्याउँछन् । यहाँ चाहिँ हामी गर्दैछौं से’क्ससम्वन्धी सपनाका कुरा ।

    यस्ता वयस्क मानिसहरु कमै होलान्, जसले सपनामा से’क्स गरेको देख्दैनन् । यस्तोमा कोही चरमोत्कर्ष अगाडि नै निद्राबाट ब्यूँझन्छन् भने कोही स्वप्नदोषको शिकार हुन्छन् । ब्यूँझेपछि उनीहरु खिन्न बन्छन् । यहाँ हामी सपनामा से’क्स गरेको देख्नुको अर्थका बारेमा बिस्तारमा बताउँदैछौं ।

    सपनामा से’क्सको अर्थ
    कैयन सपनाहरुले व्यक्तिलाई अत्यन्त मिठो अनुभूति गराउँछन् । त्यसमा एउटा हो, से’क्सको सपना । विशेषज्ञको भनाई अनुसार जब कुनै व्यक्तिले वास्तविक जिवनमा से’क्सको आनन्द लिन वा से’क्ससँग सम्वन्धित भावना उजागर गर्न सक्दैनन्, त्यतिबेला यस्तो सपना देखिन्छ । यस्तो सपनामा तपाईं आफूलाई कुनै अपरिचितका साथ, अफिसकै सहकर्मीसँग, सार्वजनिक स्थानमा वा आफ्नो पूर्वप्रेमिकासँग सेक्स गरिहेको पाउनुहुन्छ ।

    अपरिचितसँग से’क्स
    यस्तो सपनाले तपाईंको कामेच्छाको स्थितिको बारेमा संकेत गर्छ । तपाईंको मस्तिष्कले तपाईंलाई यो बताउने कोशिश गरिरहेको हुन्छ कि से’क्ससम्वन्धी तपाईंका शारीरिक आवश्यकताहरु पूर्ति भइरहेका छैनन् । यस्तो प्रकारको सपना देखेपछि मनलाई शान्त राख्ने प्रयास गर्नुस ।

    पुरानो प्रेमी-प्रेमीकासँग सेक्स
    यदि तपाईंको पूर्वप्रेमी वा प्रेमिकाको जन्मदिन आउन लागेको छ वा हालै तपाईंले उनीसँग बिताएका पलको फोटो हेर्नुभएको छ भने यस्तो सपना देख्न सकिन्छ । कहिलेकाहीँ जब तपाईं आफ्नो नयाँ साथीसँग नजिक बन्नुहुन्छ, त्यतिबेला भुपु मायालुको झझल्को आउँछ । तर, नयाँ साथीसँग प्रेममा पर्नुभयो भने पुरानो प्रेमी-प्रेमिकालाई बिस्तारै भुल्नुहुन्छ ।

    परिचित व्यक्तिसँग से’क्स
    कहिलेकाहीँ तपाईं आफ्नो वरिपरीको चिनजानको व्यक्तिसँग सेक्स गरेको सपना देख्न पुग्नुहुन्छ । यस्तो सपना त्यतिबेला देखिन्छ, जब तपाईं कुनै परिचित व्यक्तिप्रति अत्यधिक आकषिर्त भइरहनु भएको हुन्छ । तर, आफ्नो मनको भावना प्रकट गर्न सक्नुभएको हूँदैन ।

    बोससँग से’क्स
    धेरै युवा-युवतीहरुको सपनामा आफ्नो विपरितलिंगी बोससँग से’क्स गरिरहेका हुन्छन् । यसको मतलब तपाईं आफ्नो बोससँग साँच्चिकै शारीरिक सम्वन्ध राख्न चाहनुहुन्छ भन्ने होइन । फेरि यस्तो सपना देखियो भन्दैमा बोससँग दुरी बढाउनेतिर लाग्नु पनि हुँदैन । यस्तो सपना त्यतिबेला देखिन्छ, जब तपाईं बोसलाई आफ्नो प्रेरणास्रोत मान्नुहुन्छ ।

    सेलिब्रिटीसँग से’क्स
    आफूलाई मन पर्ने सेलिब्रेटीसँग सेक्स गर्न नचाहने को होला ? यही चाहना जब तीव्र बन्छ, त्यतिबेला सपनामा देखिन्छ । यो कुनै खराब कुरा होइन । तर, यदि तपाईं कसैसँग रिलेसनसीपमा हुनुहुन्छ भने उसको तुलना आफूलाई मनपर्ने सेलिबि्रटीसँग नगर्नुस ।

    सार्वजनिक स्थानमा से’क्स
    परिवार वा कुनै साथीले तपाईंको पार्टनरको विषयमा गरेको कुराले तपाईंलाई मानसिक रुपमा असर गरेको छ भने यस्तो सपना देखिन्छ । यसका साथै तपाईंले आफ्नो प्रेम सम्वन्धका बारेमा अरुलाई भन्न सकिरहनु भएको छैन भने पनि यस्तो सपना देखिन्छ ।

    एकैपटक धेरै व्यक्तिसँग से’क्स
    यसले जटिल मानसिक अवस्थातर्फ संकेत गर्छ । धेरै कामहरु एकैपटक गर्नुपर्दाको तनावका बीच यस्तो सपना देख्न सकिन्छ । यदि सबै काम आफ्नो टाउकोमा नलिएर सबैलाई बाँड्नुभयो भने यस्तो सपना स्वत कम हुन्छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ