• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights विजनेस

    एकै दिन २३ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

    283
    SHARES

    काठमाडौँ । आइतबार एकै दिन सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेको छ । साप्ताहिक कारोबारको अन्तिम दिन शुक्रबार नेपाली बजारमा छापावाल सुनको मूलय ९५ हजार ३ सय रुपैयाँ थियो । आइतबार तोलामा २ हजार ३ सय रुपैयाँ घटेर आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

    यस्तै, शुक्रबार ९४ हजार ८ सय रहेको तेजाबी सुनको मूल्य आइतबार तोलामा २ हजार ३ सय रुपैयाँ घटेर प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ । पछिल्लो केही दिन यता सामान्य अंकले उकालो–ओरालो लागिरहेको सुनको मूल्य बिहीबार पनि तोलामा १ हजार ३ सय रुपैयाँले घटेको थियो ।

    आइतबार चाँदीको मूल्य पनि आरालो लागेको छ । शुक्रबार प्रतितोला १ हजार ३ सय ३० रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार तोलामा ६० रुपैयाँ घटेर प्रतितोला १ हजार २ सय ७० रुपैयाँ कायम भएको छ । कारोवार भइरहेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ