• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेश

    बाणिज्य बैंकको ब्राण्ड एम्बासडरमा मिस नेपाल वर्ल्ड २०२० नम्रता श्रेष्ठ राष्ट्रिय नियुक्त

    654
    SHARES

    काठमाडाैं । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले आफ्नो व्यवसाय प्रवर्धनको लागि मिस नेपाल वर्ल्ड–२०२० नम्रता श्रेष्ठलाई शुक्रबार एक कार्यक्रमका बीच ब्राण्ड एम्बासडरमा नियुक्त गरेको छ ।

    राष्ट्रिय वाणिज्य बैंक र द हिडन ट्रेजर बीच भएको सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र द हिडन ट्रेजरका अध्यक्ष दीवाकर राजकर्णिकारले हस्ताक्षर गरे ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय बाणिज्य बैंकले प्रवाह गरिरहेको आधुनिक बैंकिङ्ग सेवाको बारेमा ग्राहकहरुमा थप जानकारी दिई आफ्नो व्यवसायलाई प्रवर्धन गर्नको निमित्त बैंकले आफ्नो ब्राण्ड एम्बासडरमा मिस नेपाल वल्र्ड २०२० नम्रता श्रेष्ठलाई नियुक्ती गरिएको बताए ।

    सो कार्यक्रममा द हिडन ट्रेजरका अध्यक्ष दीवाकर राजकर्णिकारले यस्तो सम्झौताले दुवै सस्थाको इमेज निर्माण भई देशको पर्यटन तथा आर्थिक क्षेत्रको विकासमा सहयोग पुग्ने बताए । कार्यक्रममा मिस नेपाल वर्ल्ड २०२० नम्रता श्रेष्ठले आफु सरकारी स्वमात्विमा रहेको वाणिज्य बैंकको ब्रान्ड एम्बासडर हुन पाउँदा अत्यन्त खुसी लागेको बताइन् ।

    बैंकले गत आर्थिक बर्ष २०७६÷०७७ मा ४ अर्ब ४५ करोड रुपैंया खुद मुनाफा गरेको छ । यस अवधिमा बैंकको निक्षेप २ खर्ब ३० अर्ब रुपैंया, कर्जा १ खर्ब ५० अर्ब रुपैंया र हालको बेस रेट ५।७४ प्रतिशत रहेको छ । बैंकको हाल सातै प्रदेस, ७७ जिल्लामा २४५ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ