• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बलिउड- हलिउडल मनोरञ्जन

    ‘केजीएफ २’को टिजर रिलिज

    3.7K
    SHARES

    ‘केजीएफ’ चलचित्रले बक्स अफिसमा धमकेदार व्यापार गर्यो । अब, यसको मेकर्सले यसको सिक्वेल दर्शकमाझ ल्याउने तयारी गरेको छ । विभिन्न ४ भाषामा रिलिज हुने चलचित्रको टिजर सार्वजनिक गरिएको छ ।

    चलचित्रका मुख्य नायक यशको जन्मदिनको अवसर पारेर टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको टिजरमा यशको साथमा संजय दत्त र रविना टन्डनलाई देखाइएको छ ।

    यो चलचित्रको निर्देशन प्रशान्त नीलले गरेका हुन् । चलचित्रमा विजय किरागन्दुरको लगानी छ । चलचित्रमा नायक संजय दत्त अधिराको भूमिकामा देखिएका छन् । चलचित्रमा श्रीनिधी सेट्टी, प्रकाश राज र मालविका अविनाशको पनि अभिनय छ ।

    चलचित्रको पोष्ट प्रोडक्शन विगत २ बर्षदेखि चलिरहेको थियो । ‘केजीएफ’को पहिलो सिरिज सन् २०१८ मा रिलिज भएको थियो । कन्नड, तमिल, तेलुगु र हिन्दी भाषामा बनेको यो चलचित्र कैयौं रेकर्ड समेत बनाएको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया