• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    कलिउड मनोरञ्जन

    हललाई ‘बक्स अफिस कोर्ड’ नदिन संचार मन्त्रालयको निर्देशन

    2K
    SHARES

    सीसीएमसीले चलचित्र हलहरु संचालनका लागि अनुमती दिन मन्त्रीपरिषद्लाई पत्र लेखेपनि मन्त्रीपरिषद्बाट भने निर्णय भएको छैन । जसलेगर्दा, पौष १० गतेबाट एकतर्फी रुपमा हल खोलेका हल संचालकहरुले चलचित्र त रिलिज गरिरहेका छन्, तर सरकारले भने औपचारिक रुपमा हल खोल्न दिने निर्णय गरेको छैन ।

    पौष १० गतेबाट हलहरुमा चलचित्र रिलिज भैरहँदा सरकारले भने बक्स अफिस कोर्ड उपलब्ध गराएको छैन । जसलेगर्दा, हलबाट उठ्ने राजश्व पनि उठ्न सकेको छैन । चलचित्र विकास बोर्डलाई संचार, सूचना तथा प्रविधी मन्त्रालयले बक्स अफिस कोर्ड उपलब्ध नगराउन निर्देशन दिएको छ ।

    चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले भने–‘सीसीएमसीले हल खोल्नका लागि अनुमती दिन भनिसकेपछि पनि मन्त्रीपरिषद्ले निर्णय गरेको छैन । यसैले, निर्णय गरिदिन आग्रह गर्नका लागि म मन्त्रालय धाइरहेको छु । मेरो तर्फबाट हुने काम मैले रोकेको छैन । तर, बक्स अफिस कोर्ड उपलब्ध नगराउन निर्देशन आएकाले मैले उपलब्ध गराउन सकेको छैन । तर, यसका लागि म निरन्तर लागिरहेको छु ।’

    सरकारले मंसिर १० गते चलचित्र छायांकनको अनुमती दिने निर्णय गरेको तर आफूलाई पत्र भने पौष ४ गतेमात्र आएको अध्यक्ष दाहालले बताए । आजबाट हलिउड चलचित्र ‘मन्स्टर हन्टर’ रिलिज भएको छ ।

    संचार मन्त्रालयले विकास बोर्डलाई नयाँ चलचित्र रिलिजका लागि सेन्सर अनुमती नदिन पनि भनेको थियो । तर, विकास बोर्ड अध्यक्ष दाहालले आफूले यो काम नरोकेको बताए । जसकाकारण, आजबाट हलिउड चलचित्र रिलिज भएको छ । तर, सरकारले बक्स अफिस कोर्ड भने उपलब्ध नगराउन भनेको छ ।

    अध्यक्ष दाहालले भने–‘मन्त्रीहरु जिल्ला–जिल्लामा पुगेर सभा गर्दा कोरोना नसर्ने, हलमा ५० प्रतिशत अकुपेन्सीमा दर्शक राखेर चलाउँदा कोरोना सर्छ र ? म यसैको लागि कुरा गर्न मुख्य सचिवलाई भेट्ने कोशिशमा छु ।’

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया