• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मनोरञ्जन वार्ता

    टिकटकका लागि बनाइएका गीतहरु गाएकी छैनँः मेलिना राई

    316
    SHARES

    काठमाडौँ । गायिका मेलिना राईले गीतहरु छनोट गरेर गाउने गरेको बताएकी छिन् । पछिल्लो समय टिकटकलाई केन्द्रित गरेर बनाईने, त्यस्तै शब्दहरु प्रयोग गरिएका गीतहरु आफूले नगाएको मेलिनाले बताइन् । अनलाइनखबरसँगको कुराकानीमा मेलिनाले भनिन्–‘आफै सेन्सर गरेर गीतहरु गाईरहेकी छु । चित्त नबुझेका धेरै गीतहरु रिजेक्ट गरिसकेकी छु ।’

    पछिल्लो समयमा सांगीतिक क्षेत्रमा धेरै नयाँ प्रतिभाहरु आएका छन् । मेलिनाले नयाँ प्रतिभा आएर आफ्नो गायन यात्रामा असर नपरेको बताईन्।

    ‘म पनि पहिले नयाँ नै थिए । सबैजना पहिला आउँदा नयाँ नै हुन्छ । अग्रज दाई–दिदीहरु पनि शुरुमा नयाँ नै हुनुहुन्थ्यो । विस्तारै मिहिनेत गर्दै जादा अगाडी बढिने हो । यसले असर पार्ने भन्ने हुँदैन्’ मेलिनाले भनिन् । ‘सांगीतिक आकासलाई एकदमै ठूलो आकाश भन्दै मेलिनाले यसमा उड्ने अधिकार सबैलाई भएको पनि बताएकी छिन् ।

    लकडाउनपछि मेलिनाले दर्जनौं गीतहरु गाएकी छिन् । जसमध्ये ‘ए है माया’ आफैलाई मन परेको गीत भएको मेलिनाले बताईन्

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ