• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खानपिन जीवनशैली

    यस्ता छन् जाडोमा मेथीको साग खानुका फाइदा

    441
    SHARES

    मौसमी फलफूल, सागसब्जी नै शरीरका लागि अनुकुल हुन्छ । किनभने यस्ता फलफूल, सागसब्जी त्यही बेला उत्पादन हुन्छन्, जतिबेला हाम्रो शरीरलाई चाहिन्छ । जस्तो कि, अहिले मेथीको साग । यो सिजनमा पाइने सागसब्जीमा एक हो मेथीको साग । विभिन्न स्वास्थ्यबद्र्धक गुणहरुका कारण मेथीको साग अत्यन्त लाभदायक मानिन्छ । मेथीका यी ११ फाइदा के छ त ?

    १. धेरैजसो मानिसहरुलाई पेटसम्वन्धि समस्याले हैरान हुन्छन् । यसमा कब्जियत र ग्यास्ट्रिक प्रमुख छन् । मेथीको हरियो साग खाँदा तपाईंको पाचनतन्त्रले सुचारुरुपमा काम गर्नुका साथै कब्जियत वा ग्यास्ट्रिक जस्ता समस्याबाट छुट्कारा दिलाउँछ ।

    २. घरका वृद्धवृद्धाहरुले जाडोमा मेथी र ड्राइफुडको लड्डु खाएको तपाईंले देख्नुभएको होला । यसको प्रमुख कारण यो हो कि मेथीको सेवनले जोर्नीको दुखाईबाट मुक्ति दिन्छ । यसको बिउ होस वा पात, दुवैले जोर्नीको दुखाईलाई समानरुपले हल गर्छन् ।

    ३. मेथीको पात तपाईंको कपालका लागि पनि अत्यधिक लाभप्रद हुन्छ । यसको पातलाई पिसेर कपालमा लगाउँदा कपाल कालो, बाक्लो र चमकदार हुन्छ । साथै कपाल झर्न पनि रोकिन्छ ।

    ४. पेटमा किरा परेको बेलामा पनि मेथीले एउटा सटिक औषधिको काम गर्छ । अधिकांस बच्चामा यो समस्या हुन्छ । यस्तोमा मेथीको पातको रस निकालेर बच्चालाई प्रतिदिन एक चम्चा पिलाउनुपर्छ ।

    ५. मेथीलेरुघाबाट पनि बचाउँछ । यसलाई कुनै न कुनै रुपमा प्रतिदिन सेवन गर्दा रुँघाबाट जोगिन सकिन्छ ।

    ६. मधुमेहका रोगीका लागि मेथीको सेवन अत्यधिक लाभदायक हुन्छ । प्रतिदिन मेथीको पातको र निकालेर पिउँदा सुगर नियन्त्रणमा आउँछ ।

    ७. अनुहारको सुन्दरता बढाउनमा पनि मेथी कम्ति प्रभावकारी हुँदैन । यसलाई पिसेर अनुहारमा लगाउँदा त्वचामा चमकका साथै असिलोपन आउँछ । यसका अलावा रुखो त्वचा हुनेहरुका लागि यो अत्यन्त लाभप्रद हुन्छ ।

    ८. मेथीको हरियो पत्ताको तरकारीमा प्याज हालेर खाँदा तपाईंले रक्तचापको समस्याबाट छुट्कारा पाउन सक्नुहुन्छ । न्यून रक्तचाप हुनेहरुका लागि पनि मेथीको मसलावाला सागले फाइदा पु¥याउँछ । खासगरी अदुवा र गरम मसला यसमा लाभकारी हुन्छन् ।

    ९. मेथीको साग नित्य सेवन गर्दा मुटुसम्वन्धी रोगलाई नजिक आउन दिँदैन । यसले हृदयघातको सम्भावनालाई निमिट्यान्न बनाउँछ र तपाईं आफ्नो मुटुलाई पूर्णरुपमा स्वस्थ राख्न सक्नुहुन्छ ।

    १०. मेथीको साग प्रतिदिन सेवन वा मेथीको दानाको चुर्ण प्रतिदिन खाँदा तपाईंको वजन नियन्त्रणमा रहन्छ, र बोसोको मात्रा बिस्तारै बिस्तारै कम हुन्छ ।

    ११. यदि तपाईंलाई बारम्बार पिशाब आउने समस्या छ भने मेथीको पातको रसले तपाईंलाई निकै फाइदा पुग्छ । दैनिक यसको सेवनबाट तपार्इंको समस्या बिल्कुल समाप्त भएर जान्छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ