एजेन्सी । बिहे चलिरहेका बेला बेहुलाले आफ्नी प्रेमिका लिएर मण्डपबाटै भागेपछि बिहे गर्न लागेकी बेहुलीले जन्तीमध्येबाट एक युवक रोजेर उनीसँग त्यही मण्डपमा बिहे गरेकी छिन् । भारतको कर्नाटक राज्यको चि’कमंगलुरु जिल्लामा यस्तो रो’चक घटना भएको हो ।
जब बेहुलाले हुनेवाली पत्नीलाई मण्डपमा छो’डेर प्रेमिकासँग भागे, त्यसपछि बेहुलीले पनि निर्णय लिन ढिलो गरिनन् । उनले तत्कालै बिहेमा जन्ती आएका एक युवकसँग बिहे गरिन् । बैंगलुरु मि’ररको रिपोर्टअनुसार नवीन र अशोक नाम गरेका दुई दाजुभाइको एकै पटक बिहे हुन लागेको थियो ।
अशोकको त बिहे भयो तर नवीन भने बिहे बीचमै छाडेर प्रेमिकासँग भागे, नवीनले बिहेको सबै रिती रिवाजमा भाग लिए तर जब सात वचनको बेला भयो त्यसपछि नवीनले जीवनसाथी नै बदलिदिए ।
खासमा बिहेको दिन नै नवीनकी प्रेमिकाले नबिनले यदि सिन्धुसँग बिहे गरे भने विवाह समारोहमा आएर विष पिउने र सबै विवाह कार्यक्रम भताभुंग पारिदिने धम्की दिएकी थिइन् । यही डरका कारण नवीन बिहे बीचमै छाडेर भागेका थिए । नवीन भागेपछि बिबाह कार्यक्रम त्यतिकै नरोकिएर फिल्मी शैलीमा गाडी बढ्यो।
सिन्धुले पनि तत्कालै बिहेमा आएका पाहुनाहरुमध्येबाट आफूलाई सुहाउँदो वर खोज्न थालिन् । अन्ततः सिन्धुले चन्द्रप्पा नामका युवकलाई आफ्नो जीवनसाथी रोजिन् । चन्द्रप्पा बिहेमा जन्ती आएका थिए र पूरै घटनाको प्रत्यक्षदर्शी थिए । चन्द्रप्पा बीएमटिसीमा बस कण्डक्टर छन् । दुवै परिवारको सहमतिपछि सिन्धु र चन्द्रप्पाको पूरै रितीरिवाजका साथ बिहे भएको हो ।
प्रतिक्रिया