• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बागमती समाचार

    काठमाडौँमै घट्यो फेरि अर्को डरलाग्दो द’र्दनाक घटना, श्रीमानको यसरी ज्यान लिएपछि आफु पनि झु’ण्डिइन श्रीमती

    509
    SHARES

    काठमाडौं । संघीय राजधानी काठमाडौँमा फेरि अर्को डरलाग्दो द’र्दनाक घटना घटेको छ । काठमाडौंको टोखामा श्रीमानको ह’त्या गरी श्रीमतीले आ’त्म’ह’त्या गरेकी छन् । श्रीमती सुदिक्षा गिरीले श्रीमान उमेश केसीको ह-त्या गरी झु’ण्डिएर आ-त्मह-त्या गरेकी हुन् । उमेश केही हप्ता अगाडिमात्र अमेरिकाबाट फर्किएका थिए । उनीहरु ग्राण्डी अस्पताल नजिकको एक हाउजिङमा बस्दै आएका थिए । सुर्खेत घर भएका उनीहरुबीच केही दिनयता विवाद हुँदै आएको थियो ।

    गएराति उमेश बेडरुममा लडिरहेको अवस्थामा फेला परेका थिए भने श्रीमती सुदिक्षा कोठाभित्रै झु’ण्डि’एको अवस्थामा फेला परेकी थिइन् । उमेशको शव नजिकै रगत लागेको सिलौटोसमेत फेला परेको र उनको कानबाट रगत बगेको देखिएकाले सिलौटो प्र’हार गरेर ह-त्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको एक अधिकारीले बताए ।

    ‘कोठाभित्रबाट लक थियो । त्यसैले बाहिरबाट कोही गएर ह-त्या गरेको पनि देखिँदैन,’ ती अनुसन्धान अधिकृतले भने, ‘श्रीमानको ह’त्यापछि आत्महत्या गरेको प्रारम्भिक अनुमान गरिएको छ ।’

    यद्यपि विस्तृत विवरण भने पोष्टमार्टम रिपोर्टपछि खुल्ने प्रहरीले जनाएको छ । काठमाडौं प्रहरीका डिएसपी प्रमिश विष्टले घटनाबारे आफूहरुले गएराति पौने नौ बजे खबर पाएको र त्यसलगत्तै घटनास्थलमा पुगेर मुचुल्का उठाइ पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल पठाइएको जानकारी दिए ।

    यस्तै काठमाडौंमा ह’त्या गरेर टाटा सुमो रिजर्भ गरेर तराईंतिर भागिरहेका १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्ला घर भइ हाल काठमाडौं महानगरपालिका–१६ बाइपास क्षेत्रमा बस्ने २५ वर्षीय सुबोध शर्मा छन् ।

    प्रहरीका अनुसार शर्माले मंगलबार राति ९ः४५ बजेतिर काठमाडौंको बाइसधारामा भारतको मोतिहारी नै घर भएका कलाम मियालाई पछाडिबाट धा’रिलो प्र’हार गरी घाइते बनाएका थिए ।

    गम्भीर घाइते भएका मियाको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा १०ः२० बजेतिर मृ’त्यु भएपछि प्रहरीले शर्माको खोजी शुरु गरेको थियो ।

    खोजीका क्रममा उनी टाटा सुमो (गाडी) रिजर्भ गरेर तराईंतिर भाग्न लागेका थिए । काठमाडौं–हेटौंडा सडक हुँदै तराईंतर्फ भाग्दै गरेका उनलार्य इलाका प्रहरी कार्यालय फर्पिङको टोलीले पक्राउ गरेको हो ।

    पक्राउ परेका शर्माविरुद्ध थप अनुसन्धानका लागि अहिले महानगरीय प्रहरी बृत्त बालाजुमा राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ