• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बागमती समाचार

    आज दिनभर यी ठाउँमा बिजुली काटिने, प्राधिकरणको जारी गर्यो यस्तो सूचना

    312
    SHARES

    काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले मुलुकमा लोडसेडिङको अवस्था नरहेको जनाए पनि विद्युत कटौतीको क्रम रोकिएको छैन ।नेपाल विद्युत् प्राधिकरणले शनिबार काठमाडौंका विभिन्न स्थानको विद्युत् आपूर्ति बन्द हुने जनाएको छ ।

    चक्रपथ बिस्तारका लागि ढुङ्गेधारा, गोलढुङ्गा, स्वयम्भु फिडरमा पर्ने ११ हजार भोल्टको हाइटेन्सन लाइन स्थानान्तरण गर्नुपर्ने भएकाले विद्युत् आपूर्तिक बन्द गर्न लागिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणको बालाजु बितरण केन्द्रले जारी गरेको सूचनामा नागार्जुन र तारकेश्वर नगरपालिकाका विभिन्न स्थानमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जनाइएको छ ।

    प्राधिकरणका अनुसार शनिबार ढुङ्गेधारा, बनस्थली, चमती, रानिवन, भृकुटी टोल, नेपालटार, गोलढुङ्गा, तीनपिप्ले, ओशो तपोवन, धादिङको छत्रेदेउराली, स्वयम्भू, सानोभर्‍याङ, ठूलोभर्‍याङ, इचङ्गुनारायण, कारखाना चोक लगायतका स्थानमा विद्युतु आपूर्ति बन्द हुनेछ।

    विद्युत कटौती हुने स्थानबारे हेर्नोस् प्राधिकरणको सूचना

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ