• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights प्रदेश ५ राजनीति

    महिनौ नपढाएरै तलव खाने शिक्षकमाथि क्रान्तिकारीको कारवाही, दियो यस्तो कडा चेतावनी (विज्ञप्तिसहित)

    623
    SHARES

    काठमाडौँ।  बाँकेको एक सामुदायिक बिद्यालयका शिक्षकले बिद्यालयमा नपढाएरै महिनौसम्म तलब खाइरहेको भेटिएपछि बिद्रोही नेकपानिकट (अखिल क्रान्तिकारी)ले कारवाही गरेको छ ।

    जिल्लाको कोहलपुर नगरपालिका वडां नं १४ हवलदारपुर स्थित राम माध्यामिक विद्यालयमा कार्यरत शिक्षक पवन कुमार यादवले यसरी आफ्नो जिम्मेवारी पुरा नगरी तलब भत्ता बुझेको थाहा पाएपछि स्थानीय अभिभावकहरुले उक्त कुरा नेकपा निकट अखिल (क्रान्तिकारी)बाँके जिल्ला समितिमा उजुरी गरेका थिए।

    सोहि उजुरी परेपछि क्रान्तिकारीले यादवमाथि कारबाही गरेको हो । विगत लामो समयदेखि विद्यालयमा नियमित उपस्थित नहुने, कहिलेकाही उपस्थित भैहालेमा पनि आफ्नो कक्षा नै नलिने, महिनौं तथा हप्तौंसम्म उस्थित नभएर एकै पटक हाजिर लगाई आफ्नो तलव बुझ्ने गरेको गुनासोसहितको उजुरी परेपछि उनीमाथि कारबाही गरिएको क्रान्तिकारी बाँकेले जनाएको छ।

    क्रान्तिकारी बाँकेका अध्यक्ष डम्बर बहादुर शाहीले त्यस विद्यालयमा अध्ययनरत विद्यार्थी तथा तिनका अभिभावकहरूले आफ्नो संगठनसमक्ष शिक्षक यादवमाथि कारबाही गरिपाँउ भनि उजुरी दिएपछि आफुहरुले तत्काल एक्सन सुरु गरेको बिज्ञप्ति मार्फत जनाएका छन्। अध्यक्ष शाहीले आफ्नो संगठनले पटकपटक यस विषयमा बिद्यालय ब्यबस्थापन समिति लगायतका सम्बन्धित पक्षको ध्यानाकर्षण गराए पनि चासो नदिएकोले आफुहरुले कारवाही गर्नु परेको बताएका छन् ।

    लामो समयदेखिको अभिभावक तथा विद्यार्थीको गुनासोलाई मध्यनजर गर्दै आज पुनः उक्त विद्यालयमा अनुगमन गर्दा निज शिक्षक पवन कुमार यादव विगत २३ दिनदेखि कुनै पनि किसिमको बिदा नलिइ तथा विद्यालय प्रशासनलाई कुनै जानकारी नै नदिएर अनुपस्थित रहेको स-प्रमाण भेटिएकाले यादवको हाजिरी पुस्तिकामा संगठनको छाप लगायर हाजिरी गयल प्रमाणित गरिएको अध्यक्ष शाहीले बताए ।

    ‘(क्रान्तिकारी)ले लामो समयदेखीको अभिभावक तथा विद्यार्थीको गुनासोलाई मध्यनजर गर्दै पुनः आज उक्त विद्यालयमा अनुगमन गर्दा निज शिक्षक पवन कुमार यादव विगत २३ दिन देखि कुनै पनि किसिमको बिदा नलिइ तथा विद्यालय प्रशासनलाई कुनै जानकारी नै नदिएर अनुपस्थित रहेको स-प्रमाण भेटिएकाले हाम्रो संगठनद्वारा निज पवन कुमार यादवको हाजिरी पुस्तिकामा हाजिरी गयल प्रमाणित गरि संगठनको छाप लगाइएको जानकारी गराउँदछौँ ।’ विज्ञप्तिमा भनिएको छ ।

    श्रमजिवि जनताले पसिना बगाएर जम्मा भएको रकम मार्फत राज्यलाई तिरेको करबाट तलब खाने गरि जनताका छोराछोरीको उज्ज्वल भविष्य बनाउने जिम्मेवारी लिएका शिक्षकद्धारा गरिएको यसप्रकारको गैरजिम्मेवारी गतिविधिप्रती संगठनको गम्भीर ध्यानार्षण भएको शाहीले जनाएका छन् ।

    यस्तै क्रान्तिकारीले शिक्षक यादवलाई सुध्रिन वा राजीनामा गर्नको निम्ति चेतावनी पनि दिएको छ । साथै शिक्षक महाँसंघ बाँकेका जिल्ला अध्यक्ष समेत रहेका शिक्षक यादवको अनुपस्थित सम्पूर्ण दिनको तलव कटौती सहित कडा कारवाहीका लागि सम्बन्धित निकायसँग जोडदार माग गरेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ