• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति विशेष

    प्रहरीद्वारा गिरफ्तार बिद्रोही नेकपाका काठमाठाैं सेक्रेटरीसहित ३ नेता ३ दिनदेखि बेपत्ता

    1.6K
    SHARES

    काठमाडाैं । प्रहरीले बिद्रोही नेपाल कम्युनिष्ट पार्टीका काठमाडाैं जिल्ला सेक्रेटरीसहित ३ जना नेतालाई गिरफ्तार गरी बेपत्ता पारेको छ । सेक्रेटरी विपिन, जिल्ला नेता हरि बहादुर चन्द र बिरेन्द्र शाहीलाई काठमाडाैंकाे गौशाला क्षेत्रबाट गिरफ्तार गरी ३ दिनदेखि बेपत्ता बनाएको उक्त पार्टीको उपत्यका बिशेष ब्युरोलाई सञ्चारकेन्द्रलाई जानकारी दिएको छ ।

    बेपत्ता तीनै जनालाई प्रहरीले मंगलबार दिउँसो गिरफ्तार गरेको उक्त पार्टीले जनाएको छ । प्रहरीले मंगलबार साँझ सेक्रेटरी विपिनको सेल्टरमा छाप हानेर ल्यापटप लगाएतका सामाग्रीहरु लगेर गएको समेत पार्टी स्रोतले सञ्चारकेन्द्रलाई बतायो ।

    गिरफ्तार परेको दिन साँझ ५ बजेतिर सेक्रेटरी विपिनको फोन अपरिचित व्यक्तिले उठाएको र आफु विपीनको साथी भएको बताएको नेकपाका एक नेताले सञ्चारकेन्द्रलाई जानकारी दिए ।

    ‘मैले साँझ ५ बजेतिर विपिन सरको मोबाइलमा फोन गर्दा अर्कै मान्छेले उठायो, पवनको साथी हुँ, उहाँ बाथरूममा हुनुहुन्छ, के काम छ मलाई भन्दा हुन्छ हुन्छ भन्यो।’ ती नेताले सञ्चारकेन्द्रलाई टेलिफोन गरी भने-‘तपाई को हो भनेर मलाई सोधेको थियो, मैले आफ्नो परिचय नदिएपछि फोन काटियो र लगत्तै अफ भयो । त्यसपछि उहाँको फोन निरन्तर स्विचअफ छ ।’

    गिरफ्तार तीनै जनाको परिवारलाई समेत अत्तोपत्तो नदिएर प्रहरीले बेपत्ता पारेपछि नेकपाले पत्रकार, मानवअधिकारवादी र आम सरोकारवाल पक्षलाई सोधखोजीका लागि अनुरोध गरेको छ । साथै आफ्ना तीनै जना नेताको अवस्था तत्काल सार्वजनिक गर्न माग गरेको छ । यस बारेमा प्रहरीलाई बुझ्न खोज्दा कुनै जानकारी दिन मानेन ।

    प्रतिबन्ध लागेयता ओली सरकारले नेकपाका सयौं नेता कार्यकर्तालाई गिरफ्तार गरेर यातना दिने, झुट्टा मुद्दामा फसाउने, अदालतले पटक-पटक रिहा गर्न आदेश दिंदा पनि फेरी-फेरी गिरफ्तार गर्ने र समर्थक शुभचिन्तकहरुमाथि समेत धरपकड गरेर दुख दिनेजस्ता अमानवीय कार्य गर्दै आएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ