• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    शंकर पोखरेलले संसद विघटनका यस्ता ८ कारणको पोल खोलेपछि सबै चकित

    5.1K
    SHARES

    काठमाडौं । लुम्बिनी प्रेदशका मुख्यमन्त्री शंकर पोखरेलले प्रतिनिधिसभा विघटनमा विभिन्न कारण प्रस्तुत गरेका छन् । बुधबार साँझ. सामाजिक संजाल फेसबुकमार्फत नेकपा स्थायी समिति सदस्य पोखरेलले ८ कारणले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नुपरेको खुलासा गरेपछि ओली-प्रचण्ड समुहमा छुत्त्तई तरंग पैदा गरिदिएको छ ।

    सभामुख अग्नी सापकोटाको असहयोगदेखि पार्टीका प्रथम अध्यक्षविरुद्ध ष’डयन्त्र भएको विषयले संसद विघटन निम्याएको उनको भनाइ छ ।पोखरेलको नजरमा नेकपाको झण्डै दुई तिहाइको उपस्थिति रहेको प्रतिनिधि सभाले आफ्नो सान्दर्भिकता गुमाउनुको पहिलो कारण सरकारको विजनेस सभामुखवाट अवान्छित रुपमा लामो समय रोकेर राख्ना हो ।

    सरकारवाट प्रस्तुत भएका विधेयकहरुमा सत्तापक्षकै समितिका सभापती र सांसदहरुको असहयोग रहनालेलाई पाखरेलले दास्रो कारणका रुपमा लिएका छन् ।यस्तै उनले तेस्रो कारणका रुपमा विधेयका सन्दर्भमा संसदीय समितिले गरेको निर्णयमा विभागिय मन्त्रीले नै असहमती राख्ने विडम्वनापूर्ण अवस्था सिर्जना हुनुलाई देखेका छन् ।

    सत्तापक्षका प्रतिनिधिसभाका सदस्यहरु दलिय अनुशासन भन्दा वाहिर गएर प्रतिनिधिसभामा प्रस्तुत हुनालाई संसद विघटनको चथौँ कारण भनेका छन् । पार्टी र संसदीय दलको निर्णय वेगर विशेष अधिवेशनको मागगर्दै राष्ट्रपति कार्यालयमा औपचारिक रुपमा समावेदन दर्तागर्न जानु पाँचौँ कारण भएको पोखरेलको बुझाइ छ ।

    पोखरेलका अनुसार पार्टी र दलमा औपचारिक प्रस्ताव समेत नराखी प्रधानमन्त्रीका विरुद्धमा संसदीय पद्धति र परम्परा विपरित अविश्वास प्रस्तावका लागि हस्ताक्षर संकलन गर्नाले पनि छैटौँ कारण हो ।

    पार्टी एकता भएको लामो समयसम्म पनि पूर्व समूहका संसदीय दललाइ एकिकृत गर्न तयार नहुनाले प्रतिनिधि सभाले आफ्नो सान्दर्भिकता गुमाएको उनको सातौँ ठहर छ ।

    यस्तै पार्टी भित्रको अन्तरद्वन्द्व र प्रथम अध्यक्षका विरुद्धको गम्भीर षडयन्त्रका साथै प्रतिनिधिसभामा सत्तापक्षको यो हविगत पनि प्रतिनिधिसभा विघटनको आठौँ आधार तथा कारण वन्न पुगेको उनको भनाइ छ ।

    प्रतिनिधिसभा विघटनका लागि प्रधानमन्त्रीलाई औला देखाउनुहुने माननीयज्यूहरुले औला देखाउनुपूर्व यस बीचमा आफूहरुले खेलेको यस प्रकारको भूमिकाका वारेमा पनि आत्मसमिक्षा गर्ने कि भन्दै पोखरेलको प्रश्न छ ।

    यस्तै नेकपा ओली समूह सुदूरपश्चिम कमिटीले नेता भीम रावललाई कार्बाही गर्न पार्टी केन्द्रलाई सिफारिस गरेको छ । ओली समूहको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले रावललाई कार्बाही गर्न सिफारिस गरेको हो ।

    प्रदेश इन्चार्ज लेखराज भट्टका अनुसार, रावलले आर्थिक हिनामिना गरेकाले कार्बाही गर्न सिफारिस गरिएको छ । अनलाइनखबरसँग भट्टले भने, ‘उहाँलाई हामीले कार्बाही गर्न मिल्दैन, त्यसैले पार्टी केन्द्रलाई सिफारिस गरेका छौं ।’ नेकपा विभाजन अगाडि रावल सुदूरपश्चिम प्रदेश इन्चार्ज थिए ।

    तर, ओली समूहले रावललाई हटाएर आफ्नो समूहका नेता भट्टलाई इन्चार्ज तोकेको छ । उद्योग मन्त्री भट्टले इन्चार्जको भूमिका पाएपछि बसेको पहिलो बैठकले रावललाई कार्बाहीको सिफारिस गर्ने निर्णय गरेको हो । ओली समूहले रावलको इन्चार्जको जिम्मेवारी खोसे पनि अझै केन्द्रीय कमिटी सदस्यबाट हटाएको छैन ।

    नेकपा प्रचण्ड–माधव समूहको सुदूरपश्चिम इन्चार्ज रावलले भने वैधानिक नेकपा आफूहरु भएकाले पार्टी कोषबारे सोधखोज गर्ने अधिकार अर्को समूहलाई नभएको बताउँदै आएका छन् । ओली समूह प्रदेश बैठकले प्रदेश कमिटी समेत बिस्तार गरेको छ । यो समूहले सुदूरपश्चिम प्रदेश कमिटी ५५१ सदस्यीय बनाएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ