• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Corona Update समाचार

    नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार नाघ्यो

    292
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार १९३ पुगेको जानकारी दिएको छ । जसमध्ये गत २४ घण्टामा ४०९ संक्रमित थपिएका हुन । मन्त्रालयका अनुसार हाल देशभर ५ हजार १३३ सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये प्रदेश १ को झापामा २ र मोरङमा ११ जना रहेका छन् ।

    यसैगरी प्रदेश २ को धनुषामा १, पर्सामा २ र बारामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार बागमती प्रदेशको काठमाडौंमा १५९, काभ्रेमा ६, चितवनमा १७, दोलखामा ६, धादिङमा १, नुवाकोटमा २, भक्तपुरमा २४, रामेछापमा १, ललितपुरमा ५० र सिन्धुलीमा १ जना संक्रमित थपिएका हुन ।

    यसैगरी गण्डकी प्रदेशको कास्कीमा २७, गोरखामा १, तनहुँमा २, नवलपरासी पूर्वमा ४, म्याग्दीमा १, लमजुङमा ३, बागलुङमा २ र स्याङजामा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १०, कपिलवस्तुमा ४, गुल्मीमा ५, दाङमा ४, नवलपरासीमा ५, पाल्पामा ७, बर्दियामा १, बाँकेमा १२, रोल्पामा ३ र रुपन्देहीमा २५ जनामा कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशको कुनै पनि जिल्लामा संक्रमित भेटिएको छैनन भने सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा १ र कैलालीमा ६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

    यस्तै काठमाडौँ उपत्यकामा ७२ महिला र १६१ पुरुष गरी २३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५९, ललितपुरमा ५० र भक्तपुरमा २४ जनामा कोरोना पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार हालसम्म काठमाडौंमा मात्र ९८ हजार ७८ जना संक्रमित भएका छन्, जसमध्ये ४७६ जनाको मृत्यु भएको छ। हालसम्म ९५ हजार १८२ सय जना निको भएका छन्। ललितपुरमा १५ हजार ४५४ जना संक्रमित भएका छन्। जसमा १४८ जना संक्रमितको मृत्यु भएको छ।

    ललितपुरमा १४ हजार ९७७ जना निको भएका छन्।भक्तपुरमा ८ हजार ९७४ संक्रमितमध्ये १०९ जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार ७३७ जना निको भएका छन्। आज काठमाडौंमा २ हजार ४२० ललितपुरमा ३२९ र भक्तपुरमा १२८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ