• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    क्रान्तिकारीको सिटिइभिटी उपत्यका जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा चन्द निर्वाचित

    1.1K
    SHARES

    काठमाडौँ । अखिल क्रान्तिकारी सिटिइभिटी उपत्यका जिल्ला समितिको सातौं जिल्ला सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ। सम्मेलेनले डिबी चन्दको अध्यक्षतामा २५ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको अखिल क्रनातिकारीका सिटिइभिटी संयोजक मिलन राइले सञ्चारकेन्द्रलाई जानकारी दिएका छन् ।

    नेत्र विक्रम चन्द ‘विप्लव’ निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीले देशभर भेला, सम्मेलन सम्पन्न गरिरहेको बेला यता सिटिइभिटी उपत्यका जिल्ला समितिको सम्मेलन सम्पन्न गरेको हो । “श्रमजीवी जनताको पहुँचमा प्राविधिक शिक्षाको लागि हाम्रो आन्दोलन, वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिको पक्षमा सातौं जिल्ला सम्मेलन !!” भन्ने मुल नाराका साथ सम्पन्न सम्मेलनले बैज्ञानिक शिक्षाका लागि निरन्तर संघर्ष गर्ने संकल्प प्रस्ताब पनि पास गरेको जनाइएको छ ।

    सम्मेलन आयोजक समितिका संयोजक डिबी चन्दको अध्यक्षतामा सुरु भएको सम्मेलनको सञ्चालन आयोजक समितिका सदस्य लक्ष्मण विकले गरेका थिए भने प्रजित बिकले स्वागत मन्तव्य मार्फत सम्मेलनमा सहभागी प्रतिनिधि पर्यब्यक्षकलाइ स्वागत गरेका थिए । सम्मेलनको प्रमुख अतिथि रहेका क्रान्तिकारीका केन्द्रिय अध्यक्ष चिरञ्जीवी ढकालले सम्मेलनको उद्घाटन गर्दै मन्तव्य समेत ब्यक्त गरेका थिए ।

    त्यस्तै क्रान्तिकारीका महासचिव प्रकाश शाही, केन्द्रीय सचिवालय सदस्य तथा सिटिइभिटी क्षेत्र संयोजन समिति संयोजक मिलन राई, केन्द्रीय सदस्य द्वय मदन चन्द र मदन केसीले समेत सम्मेलन सफलताको शुभकामना मन्तब्य ब्यक्त गरेका थिए।

    सम्मेलनमा क्रान्तिकारीका तत्कालीन केन्द्रीय सदस्य तथा सिटिइभिटी जिल्ला अध्यक्ष शहिद प्रज्वल शाहीको तस्बिरमा अविर तथा माल्यार्पण गरि सम्मान ब्यक्त गरिएको सिटिइभिटी संयोजक राइले बताएका छन् । केहि महिना भित्रै केन्द्रिय सम्मेलनको तयारीमा रहेको क्रान्तिकारीले हाल जिल्ला र विभिन्न संयोजन समिति मातहातका कमिटीहरुका भेला सम्मेलन सम्पन्न गरिरहेको छ ।

    दाङ राष्ट्रिय सम्मेलनबाट निर्वाचित कार्यसमितिको कार्यकाल सकिएको र कार्यसमितिले पार्टीले सोचे जस्तो परिणाम निकाल्न नसकेको भन्दै माउ पार्टी असन्तुष्ट भइरहेका बेला हुन लागेको राष्ट्रिय सम्मेलनले बिद्यार्थी आन्दोलनको हित हुने नेतृत्व चयन गर्ने गरि आन्तरिक छलफल चलिरहेको पार्टीका एक केन्द्रिय सदस्यले सञ्चारकेन्द्रलाई बताए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ