काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार २६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार २८९ रहेको छ ।
काठमाडौँ उपत्यकामा १८५ संक्रमित थपिए
गएको पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र १८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८२ महिला र १०३ पुरुष गरी १८५ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको हो। मन्त्रालयका अनुसार काठमाडौंमा १४० , ललितपुरमा २१ र भक्तपुरमा २४ जनालाई कोरोना संक्रमण देखिएको हो ।
थप ५९४ जनामा संक्रमित डिस्चार्ज
पछिल्लो २४ घण्टामा थप ५९४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५५ हजार ८८ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
थप ७ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८८५ पुगेको छ ।
त्यस्तै उता अमेरिकामा एकैदिन १ हजार ३८७ कोरोना संक्रमितको मृत्यु भएको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै सोमबार बिहानसम्म अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ६० हजार ७८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ लाख ९४ हजार ३३७ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो । पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ११ लाख १३ हजार ५२८ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म १ करोड २४ लाख ३६ हजार ९५८ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ८३ लाख १६ हजार ४९२ जनामध्ये २९ हजार ३६४ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।
प्रतिक्रिया