• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    म्यानचेस्टर सिटीले गर्यो चेल्सीमाथि शानदार जित

    444
    SHARES

    काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटीले चेल्सीमाथि शानदार जित दर्ता गरेको छ। घरेलु मैदानमै भएको खेल चेल्सी म्यानचेस्टर सिटीसँग ३–१ ले पराजित भएको हो ।

    सिटीका लागि १८ औँ मिनेटमा इल्केयी गुण्डोगान, २१ औँ मिनेटमा फिल फोडिन तथा ३४ औँ मिनेटमा केविन डू ब्रूयनाले गोल गरे । पहिलो हाफमा नै तीन गोल खाएको चेल्सीले इन्जुरी समयको दोस्रो अर्थात ९२ औँ मिनेटमा एक गोल फर्कायो ।

    यस्तै उता पाकिस्तान र न्यूजील्यान्डबीच न्यूजील्यान्डको क्राइस्टचर्चमा जारी दोस्रो टेस्ट क्रिकेटमा पाकिस्तानले पहिले ब्याटिङ गर्दै सम्पूर्ण विकेट गुमाएर २९७ रन बनाएको छ।

    टस जितेर पहिले क्षेत्र रक्षण रोजेको न्यूजील्यान्डका लागि तिब्र गतिका बलर कायले जेमिसनले पाँच विकेट लिएपछि पाकिस्तानी टोली सस्तोमै समेटिएको हो। तर पाकिस्तानका लागि अजहर अलिले धैर्यपूर्वक ब्याटिङ गर्दै ९३ रन बनाएका थिए।

    पाकिस्तानका अन्य ब्याट्सम्यानले खासै उल्लेखनीय प्रदर्शन गर्न सकेका थिएनन् । पाकिस्तानका लागि अबिद अलिले २५, मोहम्मद रिजवानले ६१, फाहिम अस्राफले ३४ रन बनाएका थिए।

    न्यूजील्यान्डका लागि टिम साउदीले २, ट्रेन्ट बाउल्टले २ तथा म्याट हेनरीले १ विकेट लिएका थिए। अब दोस्रो दिन सोमबार न्यूजील्यान्डले ब्याटिङ शुरु गर्नेछ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ