• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विज्ञान-प्रविधि

    सामसुङको मोबाइल बिक्रीमा गिरावट, ९ वर्षयताकै सबैभन्दा कम बिक्री

    1.2K
    SHARES

    दक्षिण कोरियाली कम्पनी सामसुङले यो वर्ष सन् २०२० मा ३० करोडभन्दा कम मोबाइल फोन बिक्री गरेको छ । रिपोर्टअनुसार यो संख्या पछिल्लो ९ वर्षमा सबैभन्दा कम हो ।

    कोरोना भाइरस महामारीका कारण सामसुङको मोबाइल फोन बिक्री सन् २०११ यता पहिलोपटक ३० करोडभन्दा तल झरेको रिपोर्टमा उल्लेख छ ।

    यद्यपि कम्पनीले यो अवस्थालाई आगामी वर्ष सन् २०२१ मा उल्टाउन चाहन्छ । सन् २०२१ मा सामसुङले ३० करोड ७० लाख मोबाइल फोन बिक्री गर्ने लक्ष्य बनाएको छ ।

    त्यसमध्ये २८ करोड ७० लाख गोटा स्मार्टफोन हुनेछन् भने बाँकी फिचर फोन रहनेछन् । दक्षिण कोरियाको इटी न्यूजले प्रकाशित गरेको रिपोर्टअनुसार सन् २०२१ मा सामसुङले आफ्ना मोबाइल फोनको बिक्रीमा २१ प्रतिशतले बढोत्तरी गर्ने लक्ष्य राखेको छ ।

    तथ्यांकअनुसार सन् २०२० को तेश्रो त्रैमासिकसम्ममा १८ करोड ९४ लाख गोटा मोबाइल फोन बिक्री गरेको थियो । र, वर्षको अन्त्यसम्ममा कुल २७ करोड मोबाइल फोन बेच्ने प्रक्षेपण गरेको छ ।

    सामसुङले आगामी वर्षका लागि फाइभ जी स्मार्टफोनमा आफ्नो ध्यान केन्दि्रत गर्दै मध्यम तथा न्यून मूल्यका मोबाइल फोनको बिक्री बढाउने उद्धेश्य राखेको छ ।

    २०२१ मा कम्पनीले ४ करोड ९८ लाख गोटा ग्यालेक्सी ए२१ तथा फोल्डेबललगायतका फ्लागसीप स्मार्टफोन उत्पादन गर्ने योजना बनाएको छ ।एजेन्सी

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ