• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विज्ञान-प्रविधि

    अन्तरीक्ष प्रविधिमा जापानको चमत्कार, बनाउँदैछ काठको स्याटेलाइट

    205
    SHARES

    काठमाडौं । जापानले विश्वमै पहिलोपटक काठबाट बनेको स्याटेलाइट तयार गर्दैछ । जापानको एक कम्पनी तथा त्यहाँको क्योटो विश्वविद्यालयले संयुक्त रुपमा मिलेर काठको स्याटेलाइट निर्माणको काम गरिरहेका छन् ।

    सुमितोमो फरेस्ट्री कम्पनी र क्योटो विश्वविद्यालयले निर्माण गरिरहेको काठको स्याटेलाइट सन् २०२३ सम्ममा निर्माण सम्पन्न हुने अपेक्षा गरिएको छ ।

    कम्पनीका अनुसार उक्त प्रयोजनका लागि वनस्पतीको वृद्धि र अन्तरीक्षमा काठका सामाग्रीको उपयोगका विषयमा अनुसन्धान समेत सुरु गरिएको छ । स्याटेलाइटमा प्रयोग गर्नुअघि काठका उक्त सामाग्रीलाई पृथ्वीका विभिन्न खाले वातावरणहरुमा परीक्षण गरिनेछ ।

    स्याटेलाइटहरुको बढ्दो संख्याका कारण अन्तरीक्षमा फोहोरको मात्रा बढिरहेको छ, जसलाई स्पेस जंक भनिन्छ । काठको स्याटेलाइट पृथ्वीको वातारणमा फर्किनेबित्तिकै जल्ने खालको हुनेछ । तर त्यसबाट कुनै पनि हानिकारक पदार्थ निस्कदैन र कुनै टुक्रा वा भग्नावशेष पनि पृथ्वीमा झर्ने छैन ।

    जापानी अन्तरीक्षयात्री तथा क्योटो विश्वविद्यालयका प्राध्यापक ताका दोई भन्छन्, ‘सबै विद्यमान आम उपग्रहहरु जो पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्दछन्, त्यस क्रममा स–साना आल्मुनियमका कण निर्माण हुन्छन् । त्यस्ता धातुका कणहरु वर्षौँसम्म वायुमण्डलको माथिल्लो तहमा तैरिएर रहन्छन् । जुन निकै चिन्ताजनक अवस्था हो । किनकी यसले पृथ्वीको पर्यावरणलाई हानी गर्दछ ।’

    उनी भन्छन्, ‘अघिल्लो चरणमा स्याटेलाइटको इन्जिनियरिङ मोडेलको विकास गरिनेछ । पछि उडान भर्नसक्ने मोडेल बनाइनेछ ।’ स्मरण रहोस् दोई सन् २००८ मा अन्तरीक्ष स्टेसनमा पुगेका थिए ।

    दोई अन्तरीक्षमा बुमर्याङ्ग फ्याँक्ने पहिलो अन्तरीक्षयात्री पनि हुन् । उक्त बुमर्याङ्ग उपकरणलाई विशेष रुपले माइक्रोग्राभिटीमा उपयोगका लागि डिजाइन गरिएको थियो ।

    सुमितोमो फरेस्ट्री कम्पनीले तापक्रम परिवर्तन तथा सूर्यको प्रकाशको सामना गर्न सक्ने खालको प्रतिरोधी काठका सामाग्री विकास गर्ने दिशामा काम गर्दैछ । अनुसन्धानका लागि प्रयोग गरिने काठका विषयमा अहिलेसम्म कुनै पनि जानकारी दिइएको छैन, अर्थात् गोप्य राखिएको छ ।

    अन्तरीक्षमा फोहोर

    विशेषज्ञहरुका अनुसार पृथ्वीमा खस्ने अन्तरीक्षका फोहोरको बढ्दो संख्या खतरनाक तहमा पुग्दैछ । किनकी अन्तरीक्षयान तथा उपग्रहहरुको प्रक्षेपणको दर बढिरहेको छ ।

    सञ्चार, नेभिगेसन तथा मौसमको पूर्वानुमान लगायतका लागि उपग्रहहरु तीव्र रुपमा लञ्च गरिँदैछ । अन्तरीक्ष विशेषज्ञ तथा शोधकर्ताहरु अन्तरीक्षको फोहोर हटाउन वा कम गर्नका लागि विभिन्नखाले जाँचहरु गरिरहेका छन् । वर्ल्ड इकोनोमिक फोरमका अनुसार झण्डै ६ हजार कृत्रिम उपग्रहहरुले पृथ्वीको परिक्रमा गरिरहेका छन् । त्यसमध्ये करीब ६० प्रतिशत तथा निकम्मा छन् । जसले स्पेस जंक वा अन्तरीक्षको फोहोरको अधिकांश हिस्सा ओगटेका छन् ।

    रिसर्च कम्पनी युरोकन्सल्टको एक प्रक्षेपणका अनुसार आगामी एक दशकमा हरेक वर्ष ९ सय ९० स्याटेलाइटहरु लञ्च गरिनेछ । जस अनुसार सन् २०२८ सम्ममा अन्तरीक्षको पृथ्वीको कक्षमा १५ हजार स्याटेलाइट हुनेछन् ।

    एलन मस्कको कम्पनी स्पेस एक्स एक्लैले ९ सयभन्दा धेरै स्टारलिंक उपग्रह लञ्च गरिसकेको छ । कम्पनीले अझै पनि हजारौँ स्याटेलाइट लञ्च गर्ने योजना बनाइरहेको छ ।

    स्पेस जंक २२ हजार ३०० माइल प्रतिघण्टा भन्दा तीव्र गतिमा घुम्दछन् । त्यसैले त्यस्ता फोहोरहरु कुनै पनि वस्तुमा ठोक्किँदा त्यसले भयानक नोक्सान पुर्याउँदछ ।–एजेन्सी

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ