• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष समाचार सुदुरपश्चिम

    अछामको ढकारी गाउँपालिका अध्यक्ष बिद्रोही नेकपाको कब्जामा, यस्तो छ कारण

    3K
    SHARES

    काठमाडाैं । अछामको ढाकारी गाउँपालिका अध्यक्ष धन बहादुर बुढालाई बिद्रोही नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुले नियन्त्रणमा लिएका छन् । नेकपाले उनलाई शुक्रबार बिहान करिब १०:१५ बजेतिर सोहि गाउँपालिकाबाटै नियन्त्रण लिएको स्थानीयले संचारकेन्द्रलाई जानकारी दिएका छन् ।

    नेपाली कांग्रेसबाट चुनाव जितेर गाउँपालिका अध्यक्ष बनेका बुढा आर्थिक लेनदेनका कारण पटकपटक विवादमा आएका व्यक्ति हुन । यता नेपाल कम्युनिष्ट अछामले बुढा आफ्नो कब्जामा रहेको पुष्टि गरेको छ ।

    नेकपाले कोरोना नियन्त्रणमा गरेको अनियामनिताता, अन्य विभिन्न स्रोतमा गाउँपालिकामा गरेको भ्रष्ट्राचार र मनपरीका बिरुद्ध पार्टीमा स्थानीयले उजुरी गरेका कारण बुढालाई सोधपुछका लागि नियन्त्रणमा लिएको संचारकेन्द्रलाई बतायो ।

    ‘उहाँका थुप्रै कुराहरु आएका छन् । बिहिन्न बहानामा गाउँपालिकाको लाखौ रकम हिनामिना गरेको देखि लिएर कोरोना नियन्त्रणमा समेत अनियमितता गरेको उजुरी परेको छ ।’ नाम उल्लेख नगर्ने सर्तमा एक जिल्ला नेताले संचारकेन्द्रसंग भने-‘त्यसकारण उहाँलाई सोधपुछका लागि नियन्त्रणमा लिएका हौं।’

    उनीसँग सोधपुछ गरेर कति बेला छोड्ने भन्ने बिषयमा पार्टीले निर्णय गर्ने पनि नेकपाले जनाएको छ । यसअघि पनि नेकपाले अछाममा गरिब जनतासंग महँगोमा ब्याज अशुल्ने एक सहकारीका प्रतिनिधिलाई नियन्त्रणमा लिएर छोडेको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ