• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    यमनमा मन्त्रिपरिषदका नयाँ सदस्य आउनासाथ आ’क्रमण, के छ प्रधानमन्त्री अवस्था ?

    15.6K
    SHARES

    काठमाडौं । यमनको दक्षिणी शहर अदनको विमानस्थलमा मन्त्रिपरिषदका नयाँ सदस्यहरुलाई लक्षित गरी भएको आ’क्र’मणमा कम्तिमा २२ जना मा’रि’एका छन् । ५० जनाभन्दा बढी घाइते भएका छन् ।

    सुरक्षा अधिकारीहरुका अनुसार नयाँ सरकारका सदस्यहरुलाई लिएर छिमेकी देश साउदी अरबबाट एक विमान एयरपोर्टमा ओर्लिनासाथ वि’ष्फो’ट भएको थियो ।

    मा’रि’नेहरुमा सहायक कर्मचारी र केही अधिकारीहरु छन् । प्रधानमन्त्री र उनको मन्त्रिपरिषदका सदस्यहरु भने सुरक्षित छन् । वि’ष्फोटपछि प्रधानमन्त्री मइन अब्दुलमलिक सइद र उनको मन्त्रिपरिषदका सदस्यहरुलाई सुरक्षा घेरामा राखेर सुरक्षित स्थानतर्फ लगिएको थियो ।

    यमनको सूचना मन्त्री इरियानीले हुथी विद्रोहीहरुले कायरतापूर्ण आ’क्र’मण गरेको टिप्पणी गरेका छन् । समाचार एजेन्सी एएफपीका अनुसार कम्तिमा दुई पटक वि’ष्फो’ट भएको आवाज सुनिएको जनाएको छ । वि’ष्फोटपछि गो’ली पनि चलेको थियो । साउदी टेलिभिजन च्यालन अल हदथले सार्वजनिक गरेको एक भिडियोमा मि’सा’इल आ’क्र’मण गरेको देखिन्छ ।

    यसअघि सन् २०१९ मा पनि अदनको एक सैन्य परेडमा हुथी विद्रोहीले मिसाइल आ’क्र’मण गर्दा ३६ जना मा’रि’एका थिए । यमन सन् २०१५ मा शुरु भएको गृ’ह’यु’द्ध’पछि संकटमा छ । हुथी विद्रोहीहरुले देशको पश्चिमी क्षेत्रका अधिकांश भाग नियन्त्रणमा लिएका छन् । उनीहरुले साउदी अरब समर्थित राष्ट्रपति अब्दूरब्बु मंसुर हादीलाई देश छाड्न बाध्य पारेका थिए ।

    त्यसपछि साउदी अरबको नेतृत्ववाला सैन्य गठबन्धनले यमनको गृहयु’द्धमा हस्तक्षेप गर्दै आएको छ । त्यसपछि यमनको हालत झन् खराब हुँदै गएको बताइन्छ । यमनको गृ’हयु’द्धमा हालसम्म १ लाख १० हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

    यस्तै कोरोना भाइरसको मृत्युमा नयाँ रेकर्ड कायम भएको छ । चीनको वुहानबाट एक वर्ष अघि सुरू भएको संक्रमण विश्वका २१८ मुलुकमा फैलिरहँदा मृतकको संख्यामा नयाँ रेकर्ड कायम भएको हो ।

    वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर १४ हजार ७४४ संक्रमितको मृत्यु भएको छ । एकै दिन मृत्यु भएको संक्रमितको यो संख्या अहिलेसम्मकै धेरै हो । यसअघि बुधबार (१५ पुसमा) १४ हजार ११० संक्रमितको मृत्यु भएको थियो ।

    पछिल्लो २४ घण्टामा संक्रमणको तेस्रो लहर र नयाँ प्रजातिको संक्रमण फैलिरहेको युरोपेली मुलुकमा धेरै संक्रमितको मृत्यु भएको छ । युरोपेली मुलुकमा मात्रै एकैदिन ५ हजार ७६३ संक्रमितको मृत्यु भएको छ ।

    यस्तै उत्तर अमेरिकी मुलुकहरूमा पनि एकैदिन ५ हजार बढी संक्रमितको मृत्यु भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ५ हजार ९२ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकी मुलुकमा सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा मात्रै ३ लाख ५० हजार ७७८ जनाको मृत्यु भइसकेको छ ।

    यस्तै एसियाली मुलुकमा पछिल्लो २४ घण्टामा १ हजार ५९१ संक्रमितको मृत्यु भएको छ । दक्षिण अमेरिकी मुलुकहरूमा १ हजार ७९६, अफ्रिकामा ७०१ र ओसिनियामा पछिल्लो २४ घण्टामा थप १ संक्रमितको मृत्यु भएको छ ।

    पछिल्लो २४ घण्टामा ७ लाख १८ हजार ९१४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर सक्रिय संक्रमितको संख्या २ करोड २३ लाख ८६ हजार ४३० पुगेको हो ।

    यसमध्ये १ लाख ६ हजार ६१६ को अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । पछिल्लो तथ्यांकअनुसार कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ करोड ३० लाख ६० हजार नाघेको छ ।

    यो समाचार तयार पार्दासम्म संक्रमणमुक्त हुनेको संख्या ५ करोड ८८ लाखभन्दा धेरै छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ५ लाख २३ हजार ५१० जना संक्रमणमुक्त भएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ