• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    रोचक-विचित्र

    राति निदाएकाे बेला देखिने यी ११ सपनाहरू, जसले मानिसको मृत्युको संकेत गर्छन्

    3.9K
    SHARES

    ति सुतेको बेला हरेक मान्छेले सपना देख्ने गर्छ | भने सपनाले जीवनमा घट्ने अनेकौ घटना वा कुराको संकेत गर्दछ | कतिपय व्यक्तिको सपना पुग्ने पनि गर्छ | कसै-कसैले देखेको सपनाको ठिक विपरित पनि हुन जान्छ | सपनाले मानिसको मृ त्युबारे पनि अगाडी नै संकेत गर्दछ ।

    धेरै मानिसहरुको भनाइमा, कोही नजिकका, आफन्त तथा प्रियजनहरुको मृत्युको अगाडी अनौठो सपना देखिन्छ। धेरै मानिस जम्मा भएको, कोही नचली ढल्केर बसेको सपना देखेको केही दिन पश्चात प्रियजनको मृत्युको खबर आइपुग्छ। मृ त्युको सपना, मरण अनि वियोग सबैभन्दा दु:खद् छण हुन।

    याद गर्नुहोस् कुनै मानिसको मृत्यु भन्दा अगाडी यी ११ सपना देखा पर्दछ |

    १. कालो रंग : कालो रंगको अर्थ हुन्छ, थाह नभएको, अचेतन, ख: तरा, रहस्य, अन्धकार, मृत्यु, शोक, ति;रस्कार, घृणा वा द्वेष। यो रंगले तपाइला‍इ तपाइको अचेतनमा हेर्नको लागि उक्साइरहेको हुन्छ, तपाईलाई आफ्नो बारेमा बुझ्न डाकिरहेको छ कालो रंगले। प्रेमको कमिलाइ पनि जनाउँछ, अनि सहयोग गर्नेहरुको कमी भएको जानकारी दिन्छ। साथै यसले सफा अनि खालीकुरा लाइ पनि जनाउँछ। तपाइमा केही सम्भावना लुकेर बसेको छ साथै केही अवसरहरु आउन बाकीँ नै छ भन्ने पनि जनाउँछ।

    २. सर्प: अर्थ लागाउन गाह्रो संकेत हो सर्प। फरक- फरक संस्कृति अनुसार फरक फरकनै धारणा छ सर्पको बारेमा। भयानक डरको संकेत देखि ज्ञान र शान्तिको पनि अर्थ लगाइन्छ सर्पलाइ लिएर।

    ३. कालो बिरालो : सदियौं देखि कालो बिरालोलाइ रहस्य र कालो जादुको प्रतिकको रुपमा लिइन्छ। कालो बिरालो सपनामा देख्नाले असुरक्षा बढ्ने बुझिन्छ। कुनै थाह नभएको कुराबाट तपाईमा ड र पैदा हुदैछ भन्ने पनि बुझिन्छ। नराम्रो साइतको जानकारी पनि दिन्छ यस्तो सपनाले।

    ४. दाँत झर्नु : सपनामा दाँत झरेको देखेमा कोही नजिकको मानिसको मृत्यु हुन्छ भन्ने विश्वास गरिन्छ। तर दाँत दुखेको समयमा सुतेको बेला पनि यस्ता सपना देखिने हुन्छ।

    ५. कालो चरा : कालो चरालाइ ‘मृत्युको जानकार’ पनि भनिन्छ। जहाँ मानिस मरेका हुन्छन् त्यहाँ कालो रंगको चरा वा कागहरु देखिने गर्छन्।

    ६. बच्चाको स्याहार : सपनामा कुनै बच्चालाइ स्याहार गर्दै हुनुहुन्छ अनि बच्चा रुन पुग्यो भने कि सपना देख्नेको मृत्यु हुन्छ कि त कोही अत्यन्त नजिकको मानिसको मृत्यु हुन्छ।

    ७. डुब्न लागेको मानिसलाइ बचाउँदा : सपनामा डुब्न लागेको मानिसलाइ बचाउदा, पानीमा हुने आत्माहरुले सजाय स्वरुप बचाउनेलाइ मृत्युको स जाय दिने मान्यता चलिआएको छ।

    ८. यात्राको योजना : यदि सपनामा कुनै ठाँउमा जान योजना गर्दै हुनुहुन्छ वा कतै जाननै लाग्नुभएको छ भने विपनामा तत्कालै त्यो ठाँउमा जान नहुने विश्वास गरिन्छ। यस्तो सपनाले मृत्यु लाइ संकेत गर्ने मानिन्छ।

    ९. दोहोरिने सपना : कुनै सपना दोहोरिन्छ वा उस्तै प्रकृतिको सपना बारम्बार आइरहन्छ भने त्यस्तो सपनालाइ बेवास्ता गर्न नहुने बताइन्छ।

    १०. नाच्नु अनि गाउनु : सपनामा खुसी हुदै नाच्ने गाउने देखिन्छ भने सपना देख्ने मानिसको ह त्या हुन्छ भनि विश्वास गरिन्छ। कोहि मानिसले सपनामा शरिरमा तेल लगाइ गधा चढेर हिडेको देख्छ भने उस्को तत्काल मृ त्यु हुन्छ।

    ११. एक्लै पिउनु : सपनामा एक्लै बसेर पिउदै गरेको देखिन्छ भने मृ त्यु नजिक आउदैछ भन्ने बुझिन्छ।

    यस्ता ३४ प्रकारका सपना जुन देख्दा हुन्छ धन लाभ

    राति हामी सुतेको बेला देखिने सपनामाथि हाम्रो नियन्त्रण हुदैन अर्थात हामी आफुले चाहेर आफ्नो इच्छा अनुसार सपना देख्न सक्दैनौं । सपना हामी निदाएको बेला स्वत घटित हुने एक विशेष प्रक्रिया हो ।

    यसका अर्थ र फलका बिषयमा बिभिन्न अड्कल बाजीहरु गरिदै आएका छन । सुतेको बेला देखिने सपनाले वास्तविक जिवनमा पनि अर्थ राख्ने र सपनाको प्रकार अनुसार असल तथा खराब दुबै फल प्राप्त हुने विश्वास गरिन्छ ।

    यद्यपि यसको विषयमा वैज्ञानिक प्रमाणको अभावमा यसलाई रुढीवाद समेत भन्ने गरिएको छ ।

    शिशु चलेको देखे – रोकेको धन प्राप्त हुन् सक्ने,  कुनै फलको गुदी देखे – शीघ्र धन लाभ, खाएको देखे – धन र प्रसिद्धि प्राप्ति, महिलाले हस्त मैथुन गरेको देखे – धन प्राप्ति मासु – आकस्मिक धन लाभ, विदाई समारोह – धन सम्पतीमा वृद्धि, भाचिएको छत देख्नु – हरेको धन प्राप्ति हुने गर्छ ।

    त्यस्तै पन्जा देखे – अचानक धन लाभ, जुवा खेलेको देखे – व्यापारमा लाभ, सलाई कोर्नु – धनको प्राप्ति, सीनो या आँखा कञ्याउनु – धन लाभ,  धन उधारो दिएको देखे – अत्याधिक धन प्राप्ति, चाँदी देख्दा – धन लाभ,  खेतमा पाकेको गहुँ देखे – धन लाभ, फल–फूल खाएको देखे – धन लाभ हुने गर्छ ।

    सेतो सर्पले टोकेको देखे – धन प्राप्ति,  रोटी खाएको देखे – धन लाभ वा राजयोग, अनार देखे – धन प्राप्ति योग, गाडेको धन देखे – अचानक धन लाभ, घासको मैदान देखे – धन लाभको योग, पर्खालमा किल्ला ठोकेको देखे – ठूलो व्यक्तिद्वारा धनलाभ, सूर्य देखे – पदोन्नति वा धनलाभ,  चेक लेखेर दिएको देखे – धन मिल्ने,  कुवामा पानी देखे – धन लाभ, शत्रु देखे – उत्तम धनलाभ हुने गर्छ ।

    पैसा देखे – धन लाभ, खाली थाल देखे – धन प्राप्ति योग, ऊँट देखे – धन लाभ, आप खाएको देखे – धन प्राप्त, अनारको रस पिएको देखे – प्रचुर धन प्राप्त, ओच्छ्यान देखे – धनलाभ वा दीर्घायु, शरीरमा फोहोर लागेको देखे – धन प्राप्ति योग, धनी व्यक्ति देखे – धन प्राप्ति योग र  बदाम खाएको देखे – धन प्राप्ति हुने विश्वास गरिन्छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ