• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    संखुवासभा दोहोरो भि’डन्तबारे नेकपाको आधिकारिक धारणा बाहिरियो, यस्तो रहेछ यथार्थ, विज्ञप्तिसहित

    2.9K
    SHARES

    काठमाडौँ । सङ्खुवासभामा दोहोरो भि’डन्त भएको हल्ला चलेपछि बिद्रोही नेपाल कम्युनिष्ट पार्टीले मुख खोलेको छ । आइतबार पार्टी प्रवक्ता प्रकाण्डले एक बिज्ञप्ति जारी गर्दै नेकपाका प्रवक्ता प्रकाण्डले दोहोरो भि’डन्त भएको हल्ला फिँजाई सरकारले सर्वसाधारणमाथि दमन चलाएको भन्दै यस्तो कार्य जारी राखिए प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

    प्रकाण्डले आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै जिल्लाको चैनपुर नपा ४ मैदानेमा पार्टीका जिल्ला सेक्रेटरी युवराज राईको घरमा गई प्रहरी टोलीले सर्वसाधारण घरपरिवारमाथि कुटपिट गरेको र सेक्रेटरी राईकी बहिनी भएकै कारणले चन्द्रकला राईमाथि कुटपिट गरी ढाड भाँचेर अचेत अवस्थामा पुर्याएको भन्दै आक्रोश पनि व्यक्त गरेका छन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘आज सङ्खुवासभा जिल्लाको चैनपुर नपा ४ मैदानेमा हाम्रो पार्टीका जिल्ला सेक्रेटरी युवराज राईको घरमा गई प्रहरी टोलीले सर्वसाधारण घरपरिवारमाथि कुटपिट गरेको घटनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । प्रहरीले जिल्ला सेक्रेटरी युवराज राईकी बहिनी भएकै कारणले चन्द्रकला राईलाई कुटपिट गरी ढाड भाँचेर अचेत अवस्थामा पुर्याएको छ । हाम्रो पार्टी यस किसिमको ज्यादतीपूर्ण कार्यको घोर निन्दा र भत्र्सना गर्दछ । साथै उक्त घटनालाई दोहोरो भिडन्त भएको दाबी र समाचारको पनि खण्डन गर्दछ । यसरी नक्कली भिडन्तको आवरणमा सर्वसाधारणमाथि दमन चलाउने कार्य असाध्यै निन्दनीय छ ।’

    देशको वर्तमान संवेदनशील अवस्थाको गहन विश्लेषण र नयाँ नीति तर्जुमा गर्नेबारे अध्ययन भइरहेको स्थितिमा भएको यस घटनाले पार्टीलाई गम्भीर बनाएको उनले बताएका छन्। सुरक्षा निकायप्रति कुनै आ’क्रमणको नीति नरहेको अवस्थामा पनि परिस्थितिलाई उक्साउने, उत्तेजित बनाउने र दमन गर्ने नीति राज्यले कायम राखेमा सशक्त प्रतिरोध गरिने समेत नेकपाले चेतवानी दिएको छ ।

    विज्ञप्तिमा अगाडि भनिएको छ, ‘देशको वर्तमान संवेदनशील अवस्थाको गहन विश्लेषण र नयाँ नीति तर्जुमा गर्नेबारे अध्ययन भइरहेको स्थितिमा भएको यस घटनाले पार्टीलाई गम्भीर बनाएको छ । सुरक्षा निकायप्रति कुनै आक्रमणको नीति नरहेको अवस्थामा पनि परिस्थितिलाई उक्साउने, उत्तेजित बनाउने र दमन गर्ने नीति राज्यले कायम राखेमा सशक्त प्रतिरोध गरिने विषयसमेत सम्बन्धित सबैमा जानकारी गराउँछौँ ।’

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया


    आजको ट्रेन्डिङ