• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Uncategorized

    संखुवासभा भि’ड’न्तबारे नेकपाको आधिकारिक धारणा बाहिरियो, यस्तो रहेछ यथार्थ

    1.3K
    SHARES

    काठमाडौँ । सङ्खुवासभामा दोहोरो भि’डन्त भएको हल्ला चलेपछि बिद्रोही नेपाल कम्युनिष्ट पार्टीले मुख खोलेको छ । आइतबार पार्टी प्रवक्ता प्रकाण्डले एक बिज्ञप्ति जारी गर्दै दोहोरो भि’ड’न्त भएको हल्ला फिँजाई सरकारले सर्वसाधारणमाथि दमनको अभियान चलाएको बताएका छन्। ओली सरकारले यस्तो रबैया जारी राखिए प्र’तिरो’ध गर्ने चेतावनी दिएका छन् ।

    प्रकाण्डले बिज्ञप्ति मार्फत जिल्लाको चैनपुर नपा ४ मैदानेमा पार्टीका जिल्ला सेक्रेटरी युवराज राईको घरमा गई प्रहरी टोलीले सर्वसाधारण घरपरिवारमाथि कुटपिट गरेको र सेक्रेटरी राईकी बहिनी भएकै कारणले चन्द्रकला राईमाथि कुटपिट गरी ढाड भाँचेर अचेत अवस्थामा पुर्याएको भन्दै आक्रोश पनि व्यक्त गरेका छन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘आज सङ्खुवासभा जिल्लाको चैनपुर नपा ४ मैदानेमा हाम्रो पार्टीका जिल्ला सेक्रेटरी युवराज राईको घरमा गई प्रहरी टोलीले सर्वसाधारण घरपरिवारमाथि कुटपिट गरेको घटनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । प्रहरीले जिल्ला सेक्रेटरी युवराज राईकी बहिनी भएकै कारणले चन्द्रकला राईलाई कुटपिट गरी ढाड भाँचेर अचेत अवस्थामा पुर्याएको छ । हाम्रो पार्टी यस किसिमको ज्यादतीपूर्ण कार्यको घोर निन्दा र भ्रत्सना गर्दछ । साथै उक्त घटनालाई दोहोरो भि’ड’न्त भएको दाबी र समाचारको पनि खण्डन गर्दछ । यसरी नक्कली भि’ड’न्तको आवरणमा सर्वसाधारणमाथि दमन चलाउने कार्य असाध्यै निन्दनीय छ ।’

    देशको वर्तमान संवेदनशील अवस्थाको गहन विश्लेषण र नयाँ नीति तर्जुमा गर्नेबारे अध्ययन भइरहेको स्थितिमा भएको यस घटनाले पार्टीलाई गम्भीर बनाएको उनले बताएका छन्। सुरक्षा निकायप्रति कुनै आ’क्रम’णको नीति नरहेको अवस्थामा पनि परिस्थितिलाई उक्साउने, उत्ते’जित बनाउने र दमन गर्ने नीति राज्यले कायम राखेमा सश’क्त प्र’तिरोध गरिने समेत प्रकाण्डले चेतवानी दिएका छन् ।

    विज्ञप्तिमा अगाडि भनिएको छ, ‘देशको वर्तमान संवेदनशील अवस्थाको गहन विश्लेषण र नयाँ नीति तर्जुमा गर्नेबारे अध्ययन भइरहेको स्थितिमा भएको यस घटनाले पार्टीलाई गम्भीर बनाएको छ । सुरक्षा निकायप्रति कुनै आक्रमणको नीति नरहेको अवस्थामा पनि परिस्थितिलाई उक्साउने, उत्तेजित बनाउने र दमन गर्ने नीति राज्यले कायम राखेमा सशक्त प्रतिरोध गरिने विषयसमेत सम्बन्धित सबैमा जानकारी गराउँछौँ ।’

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ