• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    संखुवासभामा प्रहरीले बिद्रोही नेकपा नेता कार्यकर्तामाथि २० राउण्ड गो’ली चलायो, केछ अवस्था ?

    1.5K
    SHARES

    काठमाडौं । संखुवासभामा प्रहरीले बिद्रोही नेकपाका नेता कार्यकर्तामाथि गो’ली चलाएको छ । नेकपाका एक जिल्ला नेताले संचारकेन्द्रलाई दिएको जानकारी अनुसार आइतबार पार्टीका नेता कार्यकर्ताहरु बसिरहेको गाउँलाई नै घेरा हालेर प्रहरीले गो’ली चलाएको हो ।

    ‘जिल्लाको चैनपुर–४ मैदाने भन्ने ठाउँमा हाम्रा नेता कार्यकर्ता बसिरहनु भएको रहेछ । सुराकीको आधारमा प्रहरी त्यहाँ पुगेको हुनुपर्छ ।’ ति नेताले संचारकेन्द्रसँग भने-‘पक्राउ गर्न खोजेपछि उहाँहरू भाग्न खोज्नु भयो । त्यहि बेला प्रहरीले धेरै राउण्ड गो’ली हानेको रहेछ । करिब २०/२२ राउण्ड होला ।’

    ओली सरकारको निर्देशनमा प्रहरीले नेकपा नेता कार्यकर्तालाई गिरफ्तार गर्ने बहानामा स्थानीय जनतालाई आतंकित पार्न थालेको भन्दै ति नेताले आपत्ति जनाए । प्रहरीले नेकपा कार्यकर्ताको तर्फबाट पनि गो’ली चलाइएको हल्ला गरेर आफ्नो कर्तुत लुकाउन खोजेको ति नेताको भनाई छ।

    यता प्रहरीले भने आफुहरुलाई लक्षित गरेर नेकपाले नेता कार्यकर्ताले फायरिङ गरेपछि प्रहरीले जवाफी फायरिङ गरेको दावी गरेको छ। प्रहरीले भने नेकपा नेता कार्यकर्ताले ५ राउण्ड गो’ली चलाएको दावी गरेको छ । प्रहरीले करिब २० राउण्ड फायर गरेको बुझिएको छ ।

    दुवै पक्षले आ- आफ्नै दावी गरे पनि घटनाको स्वतन्त्र पुष्टि हुन बाँकी नै छ । यता नेकपाका प्रवक्ता प्रकाण्डले घटनाबारे केहि बेरमा बिज्ञप्ति निकालेर जानकारी दिने नेकपा केन्द्रिय कार्यालय स्रोतले संचारकेन्द्रलाई जनाएको छ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ