• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    नेकपाका ३ कार्यकर्ता काठमाडौंबाट गिरफ्तार

    1K
    SHARES

    काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यकर्ता शुक्रबार काठमाडौँ उपत्यकाबाट गिरफ्तार परेका छन् । गिरफ्तार पर्नेमा दोलखाको तामाकोशी गाउँपालिका–४ का ४३ वर्षीय पुर्णबहादुर श्रेष्ठ, ओखलढुंगाको चम्पादेवी–१० का ४१ वर्षीय नारनबहादुर तोलाङगी र दोलखाको भिमेश्वर–६ का ३५ वर्षीय सरोजप्रसाद न्यौपाने छन् ।

    उनीहरुलाई चन्दा असुलीको आरोपमा गिरफ्तार गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । यस्तै नेकपा निकट जनगणतान्त्रिक सम्पर्क मन्चका महासचिव पुर्ण श्रेष्ठलाई प्रहरीले बिहिबार गिरफ्तार गरेको छ ।

    काठमाडौँको बाजालु नजिकैबाट प्रहरीले श्रेष्ठलाई गिरफ्तार गरेर हिरासतमा लिएको नेकपाले संचारकेन्द्रलाई जानकारी दिएको छ । आफ्नो संगठनका महासचिवलाई विनाकारण गिरफ्तार गरेर वेपत्ता पारेको भन्दै जनगणतान्त्रिक सम्पर्क मन्चले सार्वजनिक गरी रिहा गर्न माग गरेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया