• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेश

    साना तथा मझौला व्यवसायीलाई आर्थिक सहयोग गर्न डोटी र बैतडी पुग्यो नबिल बैंक

    2K
    SHARES

    काठमाडौं । नबिल बैंक लिमिटेडले स्थानिय निकायसँग समन्वय गरी विभिन्न जिल्लाका साना तथा मझौला ब्यवसायीलाई सहयोग गर्ने भएको छ ।

    बैंकले स्थानिय बासिन्दाको आर्थिक गतिविधिमा सहयोग पु¥याउने उद्देश्यअनुरुप विभिन्न गाउँपालिकामा रहेका शाखामार्फत स्थानीय निकायसँग समन्वय गरी साना तथा मझौला ब्यवसायका साथै कृषि सम्बन्धि कार्यक्रममा सहयोग पुर्याउनका लागि स्थानीय निकायसँग सम्झौता गरेको हो ।

    सोही उद्देश्यअनुरुप पुस ५ गते सायल गाउँपालिकाका अध्यक्ष तेज बहादुर डुम्रेल र पुस ६ गते पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दसँग नबिल बैंकका सहायक महाप्रबन्धक गणेश प्रसाद अवस्थीको उपस्थितिमा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख दिगेन्द्र चन्दले सम्झौता गरेका हुन् ।

    सो कार्यक्रममा जनप्रतिनिधि, स्थानिय व्यबसायी, व्यापारी, महिला उद्यमी, कृषक एवम विभिन्न राजनीतिक दलहरुका प्रतिनिधि समेतका उपस्थिती थियो । उक्त कार्यक्रमबारे नबिल बैंकका सहायक महाप्रबन्धक अवस्थीले नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशिकाअनुरुप व्यवसायिक कृषि तथा पशुपन्छी र महिला उद्यमशिलतामा आधारित सहुलियतपूर्ण कर्जाको माध्यमबाट स्थानियको आर्थिक विकासमा बैंकले सहयोग गर्ने बताए ।

    गाउँपालिकाका अध्यक्षद्वय तेज बहादुर डुम्रेल र गोरख बहादुर चन्दले बैंक र गाउँपालिका बीचको सम्झौता प्रशंसा योग्य रहेको धारण राखे । सो कार्यक्रममा उपस्थित प्रतिनिधिहरुले सम्झौताबाट सो क्षेत्रको कृषि तथा उद्यमशिलताको क्षेत्रमा व्यापक परिवर्तन ल्याउनका साथै गाउ“को आर्थिक विकासका गतिविधिमा थप टेवा पुग्ने बताए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया


    आजको ट्रेन्डिङ