• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेश

    नबिल बैंकले शेयरधनीलाई ३५.२६ प्रतिशत लाभांश वितरण गर्ने

    2.9K
    SHARES


    काठमाडाैं । नबिल बैंकले आर्थिक वर्ष २०७६/७७ को मुनाफा मध्येबाट शेयरधनीहरुलाई करसहितको कुल ३५.२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकको संचालक समितिको ५५२ औँ बैठकले उक्त निर्णय गरेको हो।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी ३६ औँ वार्षिक साधारण सभाको स्वीकृति पश्चात आवश्यक प्रक्रिया पूरा गरी बैंकका शेयरधनीहरुलाई वितरण गरिने छ । बैंकले आर्थिक वर्ष २०७६/७७ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा ३ अर्ब ४६ करोड रुपैयाँहासिल गर्न सफल भएको छ ।

    बैंकले जेथामा प्रतिफल १३.६१ प्रतिशत र प्रति शेयर आम्दानी ३६.१६ रुपैयाँ हासिल गरी आफ्नो वासलात बिस्तार गर्दै २ खर्ब ३८ अर्ब रुपैयाँ पुर्‍याएको छ । बैंकको संचालन मुनाफा ५ अर्ब ९ करोड रुपैयाँ रहेको छ ।

    बैंकले ११९ वटा शाखाहरु, १८५ वटा एटिएमहरुको विशाल संरचना र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरुसँगसँगै अघि बढ्ने विश्वास राखेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया