• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    ओलीले प्रचण्डलाई यसरी दिए चक्मा, निर्वाचन आयोगमा दर्ता गरे नेकपा पुनर्गठन भएको पत्र

    2.5K
    SHARES

    काठमाडाैं । प्रचण्ड पक्षलाई चक्मा दिदै ओली पक्षले पुनर्गठित नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय समितिको विवरण निर्वाचन आयोगमा दर्ता गराएको छ। नेकपाा अध्यक्ष केपी शर्मा ओली पक्षले एकलौटी ढंगले केन्द्रीय समिति पुनर्गठनको निर्णय गरेको थियो। निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले एक घण्टाअघि पत्र दर्ता भएको जानकारी दिए।

    ‘एक घण्टाअघि केन्द्रीय कमिटीको पुनर्गठनसँग सम्बन्धित पत्र दर्ता भएको छ’, थपलियाले भने, ‘विधान संशोधन र केन्द्रीय समिति संख्या हेरफेर लगायतका विषयमा पनि कागजपत्र ल्याउँदै छौं भनेर भन्नु भएको छ।’ उनले आयोगले पत्रको विवरण अहिले खोलेर नहेरेको पनि बताए।

    सोमाबर प्रचण्ड-नेपाल समूहले स्थायी समिति बैठक बसेर ओलीलाई पार्टीको सामान्य सदस्य समेत नरहने गरी कारवाही गर्ने प्रस्ताव अनुमोदन गर्न आज दिउसो १ बजेपछि केन्द्रिय समिति बैठक बोलाएका थिए । तर ओलीले प्रचण्ड समुहले बैठक बसेर उक्त प्रस्ताव अनुमोदन गर्न नपाउदै आफुनिकट नेताहरुको केन्द्रिय समिति बैठा बोलाएर पार्टी पुनर्गठ गरेका छन् । ओलीले पार्टी पुनर्गठनको पत्र आयोगमा दर्ता गराएको खबरले नेकपा नेता कार्यकर्ता आश्चार्य चकित बनेका छन् ।

    यता प्रचण्ड–माधव नेपाल समूहले बोलाएको नेकपाको समानान्तर केन्द्रीय समिति बैठक सुरु भएको छ । राजधानीको कार्की ब्याङ्केटमा बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा रहेका कार्यकारी अध्यक्ष प्रचण्डसहित शीर्ष नेताका साथै केन्द्रीय सदस्यहरुको सहभागिता रहेको छ ।

    बैठकमा नेकपाभित्रको केपी ओली इतर समूहले माधव नेपाललाई पार्टी अध्यक्ष प्रस्ताव गरेको छ । यस्तै बैठकले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गर्दै नेपाललाई नयाँ अध्यक्ष बनाउने सहितको प्रस्ताव केन्द्रीय समिति बैठकमा लगिएको छ । बैठकको निर्णयअनुसार कार्यकारी अध्यक्षको प्रावधान राखिएको छैन ।

    यता ओलीले चुनाव हुन्छ भन्नेमा दुविधा नराख्न आग्रह गरेका छन् । कतिपयले अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्छ भनेर भ्रम फैलाएको भन्दै उनले त्यस्तो नहुने बताए ।आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठक राखेका ओलीले केन्द्रीय कमिटी विस्तार गरेका छन् ।

    बैठकले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएको छ र २०७८ मंसिर २ मा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ । हाल कायम रहेका ४४७ केन्द्रीय सदस्यमा ५५६ जना थप गरेका छन् भने १९६ जना थप्न बाँकी छ । मंगलबार बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पार्टीमा कसैलाई पनि कारबाही नगर्ने बताएका थिए ।

    अहिले केन्द्रीय समितिले काम गर्न नसकेकाले नयाँ साथीहरु थपेर गतिशील बनाउन खोजेको ओलीले बताए । उनले अघि भने, ‘चुनाव हुनेमा कुनै दुविधा नराख्नुहोला । हाम्रो पार्टीले ५० लाख समानुपातिक मतसहित दुई तिहाई ल्याउँछ ।’ मध्यावधि चुनाव हाल घोषित मिति १७ र २७ गरी दुई चरण वा १७ गते एकै चरणमा चुनाव हुनसक्ने उनले बताएको केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।

    उता पछिल्लो राजनीति घटनाक्रममाथि संस्थागत धारणा बनाउन नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु भएकाे छ । मंगलबार दिउँसो २ बजेबाट पार्टी कार्यालय सानेपामा बैठक भएकाे हाे ।

    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा चालिएको प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमविरुद्ध रणनीतिक दृष्टिकोण तय गर्ने मुख्य एजेन्डा रहेकाे छ । आइतबार मन्त्रिपरिषदले गरेकाे संसद विघटनकाे सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमाेदन गरेपछि उत्पन्न संवैधानिक संकटमाथि बैठक केन्द्रत हुने छ ।

    यस्तै सोमबार साँझ काँग्रेसको अग्रसरतामा सानेपामा बसेको तीन दलको बैठकले ओलीका कदमविरुद्ध आ -आफ्नो केन्द्रीय समिति बैठकबाट पार्टीगत दृष्टिकोण बनाउने निर्णय गरेका थिए ।

    त्यसपछि फेरि तीन दलको बैठक बसेर प्रतिनिधिसभा विघटनविरुद्ध तत्काल सर्वोच्च अदालतमा सामूहिक रिट दिने र साझा कार्यक्रमका साथ सडक संघर्षमा जाने विषयमा छलफल भएकाे थियाे । बैठककाट काँग्रेस, नेकपा र जनता समाजवादी पार्टी नेताहरूले मंगलबार बस्ने केन्द्रीय समिति बैठकबाट थप संघर्षका कार्यक्रम ल्याउने सहमति गरेका थिए ।

    नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्य दिउँसो १ बजे थापाथलीस्थित कार्की पार्टी प्यालेसमा केन्द्रीय समिति बैठक सुरु भएकाे छ भने जनता समाजवादी पार्टी नेपाल पनि मध्यान्ह १२ बजेबाट केन्द्रीय कार्यकारिणी बैठकमा छ ।

    हिजोको बैठकमा नेकपा अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा विघटनको निर्णय उल्टिए सरकार र निर्वाचनमा जानुपर्ने अवस्था आए संयुक्त चुनावी सहकार्यका लागि प्रस्ताव गरेका थिए । याे विषय पनि काँग्रेस र जसपाको बैठकमा छलफलकाे विषय बनेकाे बुझिएको छ । साेमबारकाे बैडकमा त्यसबारे काँग्रेस र जसपाका नेताहरुले मंगलबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकपछि दृष्टिकोण दिनसमेत बताएका थिए ।

    बैठकपछि जारी निर्णयमा पनि तिनै दलले आगामी कार्यक्रम तय गर्न आ–आफ्नो दलका केन्द्रीय कार्यसमितिमा छलफल र निर्णय गर्ने समझदारी भएको उल्लेख छ । आज काँग्रेस र जसपाको केन्द्रीय समिति बैठकलाई महत्वका साथ हेरिएको छ । उनीहरुले लिने कदमबाट पछिल्लो राजनीतिक घटनाक्रमले एउटा दिशा समात्ने विश्लेषण गरिएको छ ।

    काँग्रेस र जसपाले ओलीका कदमविरुद्ध नरम नीति अख्तियार गरे मध्यावधी चुनावको माहोल खडा हुने देखिन्छ भने उनीहरुले ओलीका दमविरुद्ध कडा संघर्षको नीति लिए राष्ट्रिय सहमतिको सरकारका लागि ओलीले मार्गप्रस्त गर्नुपर्ने अवस्था आउने सक्ने पतिपयको बुझाइ छ ।

    यद्यपि यस विषयमा काँग्रेस र जसपामा दुई मत देखिन्छ । काँग्रेसमा ओलीको कदमलाई औपचारिक विरोध जनाएर मध्यावधी निर्वाचनको उपयोग गर्नुपर्ने कतिपयको मत छ भने केहीले संसदीय व्यवस्थाको हिमायती दाबी गर्ने पार्टीले संसद पुनस्र्थापनका लागि संघर्षको विकल्प रोज्न नहुने मत राखेको पाइन्छ ।

    जसपामा पनि त्यही देखिन्छ । तत्कालीन राजपाका निकट नेताहरु ओलीको कदममा केही नरम देखिएको पाइन्छ भने तत्कालीन समाजवादीका नेता केही खरो रुपमा प्रस्तुत भएको देखिन्छ ।

    जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई ओलीबाट मध्यावधी निर्वाचन हुन नसक्ने दाबीसहित उनको विदाई गर्ने तहसम्म जानुपर्ने पक्षमा देखिएको पाइन्छ । यता नेकपाको प्रचण्ड र नेपाल समूह पनि बाबुरामको मतमा सहमत देखिन्छ । त्यसैले आज काँग्रेस र जसपाबाट संस्थागत निर्णय कस्तो आउँछ भनेर चासोका साथ हेरिएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ