• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेश

    माछापुच्छ्रे बैंक र शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रबीच व्यवसायीक सम्झौता

    1.3K
    SHARES

    काठमाडाैं । माछापुच्छ्रे बैंक र शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द ्रबीच उक्त केन्द्रमा रहेका कर्मचारीहरुहरुलाई बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी व्यवसायिक सम्झौता भएको छ ।

    उक्त सम्झौता पत्रमा शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका कार्यकारी निर्देशक चन्द्रमणी अधिकारी तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे । सम्झौता पश्चात शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आवद्ध कर्मचारीहरुलाई बैंकले सरल र सहज बैंकिङ्ग सेवा प्रदान गर्नेछ ।

    साथै बैंकले आफ्ना सम्पूर्ण शाखा सञ्जालबाट शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा कार्यरत कर्मचारीहरुलाई निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ्ग सुबिधाहरुमा बिशेष सहुलियत प्रदान गर्ने बैंकले जनाएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया