• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    फुटको संघारमा नेकपा- ओली र प्रचण्ड-नेपाल समूहले बोलाए छुट्टाछुट्टै भेला

    1.3K
    SHARES

    काठमाडौँ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले आवेगमा आएर संसद् भंग गरेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको संघारमा पुगेको छ । आगामी रणनीति बनाउन सोमबारबाट ओली र प्रचण्ड समूहले छुट्टाछुट्टै भेला बाेलाएका छन्।

    ओली मूहले बालुवाटारमा आफू निकटका नेताहरुलाई बोलाएको छ । बालुवाटारको भेलामा ओली निकट मानिने सांसद मन्त्री, र केन्द्रीय सदस्यहरुलाई बोलाइएको छ । त्यस्तै, प्रचण्ड समूहले सोमबार दिउसो १ बजे संसदीय दलको बैठक बोलाएको छ ।

    त्यस्तै यो समूहले दिउँसो ३ बजे पार्टी स्थायी समिति बैठक समेत बोलाएको छ । ओलीको कदमविरुद्ध आजै काँग्रेस पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठक बस्दैछ ।

    आइतबार बेलुका काग्रेस संसदीय दलको कार्यलयमा बसेको नेकपा, जसपा र कँग्रेस नेताको बैठकले आज अपरान्ह ४ बजे सर्वदलीय बैठक बसेर ओली कदमको शसक्त प्रतिवाद गर्ने योजना बनाउने तयारी गरेको छ ।

    २०७४ असोज १७ मा चुनावी गठबन्धन गर्दै २०७५ को जेठ ३ मा पार्टी एकता घोषणा गरेका तत्कालीन एमाले र तत्कालीन माओवादी अन्ततः एकता प्रकिया नटुंगिदै विभाजनको संघारमा पुगेका हुन् ।

    योबीचमा पूर्वएमाले र पूर्वमाओवादीका केही नेताले पनि कित्ता फेरका छन् । तत्कालीन माओवादीका नेता रामबहादुर थापा ‘बादल’ र लेखराज भट्ट ओली कित्तामा पुगेका छन् भने पूर्वएमालेको माधव कुमार नेपाल खेमा प्रचण्ड कित्तामा पुगेको छ । आइतबारको घटनाक्रमपछि प्रचण्ड-नेपाल समूहको प्रतिनिधित्व गर्ने थापा र भट्टबाहेक सात मन्त्रीले राजीनामा दिएका छन् ।

    आइतबार नै बसेको प्रचण्ड-नेपाल समूहको स्थायी कमिटीमा आबद्ध बहुमत सदस्यहरूको बैठकले ओलीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको छ ।

    इतर समूहले उक्त निर्णय गरेको सार्वजनिक भएपछि ओलीले आफू पक्षीय विघटित प्रतिनिधिसभाका सदस्य तथा राष्ट्रियसभा सदस्यहरूलाई आज बालुवाटार डाकेका छन् । त्यहाँ उनले अबको परिस्थिति र पार्टीभित्रै बहुमतको प्रयत्न गर्ने नसके अर्को पार्टी बनाएर वैशाख १७ र २७ मा तोकिएको मध्यावधि चुनावमा जाने तयारीको निर्देशन दिने तयारी गरेको स्रोतले जनाएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया