• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद समाचार

    एउटै क्लवबाट धेरै गोल गर्ने खेलाडीको सूचीमा पेलेपछि मेस्सी

    1.1K
    SHARES

    एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले ब्राजिलियन लिजेन्ड पेलेको रेकर्ड बराबरी गरेका छन् । अर्जेन्टिनी स्टार मेस्सीले पेलेको एउटै क्लबबाट सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमानमा बराबरी गरेका हुन् ।

    सन् २००४ मा सिनियर टोलीबाट डेब्यू गरेका मेस्सीले बार्सिलोनाबाट ६४३ गोल गरेका छन् । पेलेले ब्राजिलको क्लब सान्टोसबाट ६४३ गोल गर्दै एउटै क्लबबाट सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका थिए ।

    शनिबार भ्यालेन्सियासंग २–२ को बराबरी खेल्दा मेस्सीले बार्सिलोनाबाट एक गोल गर्दै पेलेको कीर्तिमान बराबर गरेका हुन् । उता प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेसले लिभरपुलसँग लज्जास्पद हार ब्यहोरेको छ ।

    शनिबार राति भएको खेलमा रोबर्टो फिर्मिन्हो र मोहमद सलाहाले दुईदुई गोल गर्दै लिभुरपुललाई ७-० को फराकिलो जित दिलाए । क्रिस्टलको घरेलु मैदानमा लिभरपुलको जितमा अरू तीन गोल तकुमी मिनामिनो, साडियो माने र जोर्डन हेन्डरसनले गरे ।

    जितसँगै शीर्ष स्थानको लिभरपुलले तालिकामा ६ अंकको स्पष्ट अग्रता लिएको छ । पराजित क्रिस्टल भने १७ अंकसहित तालिकाको १४औँ स्थानमा छ । यस्तै रोबर्ट लेवान्डोस्कीको उत्कृष्ट प्रदर्शनमा बुन्डेस लिगामा जित निकाल्दै बायर्न म्युनिख शीर्ष स्थानमा उक्लिएको छ ।

    शनिबार बायर लिभरकुसनको मैदानमा बायर्नले घरेलु टोलीलाई २–१ गोल अन्तरले हराएको हो ।बायर्नको जितमा दुवै गोल रोबर्ट लेवान्डोस्कीले गरे । ४३औँ मिनेटमा बराबरी गोल फर्काएका उनले दोस्रो हाफको ईन्जुरी समयमा विजयी गोल गरेका थिए ।

    खेलमा अग्रता प्याट्रिक स्किकको गोलमा घरेलु टोली लिभरकुसनले लिएको थियो । जितसँगै बायर्न म्युनिखले शीर्ष क्लब बायर लिभरकुसनलाई शीर्ष स्थानमा उछिनेको छ । बायर्नको ३० अंक छ । पराजित लिभरकुसनको २८ अंक छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया