• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    प्रचण्डको यस्तो कडा चेतवानीपछि ओली खुमलटार पुगेको खुलासा, भेटमा भयो यस्तो कुराकानी

    1.3K
    SHARES

    काठमाडौँ । शुक्रबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता नभए प्रधानमन्त्री समेत रहेका अर्का पार्टी अध्यक्ष केपी ओलीबिरुद्ध थप कडा एक्सनमा जाने चेतवानी दिए।

    प्रदेश १ का प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेताहरुको भेलालाई सम्बोधन गर्दै प्रचण्डले अध्यादेश फिर्ता गर्ने पार्टी निर्णय भएकाले कार्यान्वयनमा ढिलाइभए थप कडा एक्शनमा जाने बताएका थिए।

    प्रचण्डको यस्तो चेतवानीलगत्तै आइतबार बिहानै ओली खुमलटार पुगेको खुलासा भएको छ। प्रचण्ड निवासमै पुगेर ओलीले आफ्नो पुरानै अडान दोहोर्‍याएको पनि स्रोतले संचारकेन्द्रलाई बतायो । उनले प्रचण्डलाई आफुले प्रस्तुत गरेको प्रतिवेदन फिर्ता लिन अनुरोध गरेको स्रोतको भनाइ छ ।

    तर प्रचण्डले उक्त प्रस्ताव फिर्ता लिन ओलीले गरेको अनुरोधलाई अस्वीकार गरेको बुझिएको छ । ओलीले पुरानै अडान खुमलटार पुगेर दोहोर्‍याएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिएका हुन।

    ओलीले प्रचण्डलाई छलफलका लागि बालुवाटार बोलाएका थिए । तर प्रचण्डले आफू सधैँ बालुवाटार नआउने बताएपछि ओलीलाई खुमलटार आउन अनुरोध गरेका थिए। प्रचण्डले बालुवाटा नजाने बताएपछि ओली खुमलटार पुगेका थिए । दुई अध्यक्षबीचको छलफलमा चलिरहेकै बेला पार्टी उपाध्यक्ष वामदेव गौतमसमेत उपस्थित भएका थिए।

    ओली खुमलटारमा पुगे लगतै उपाध्यक्ष वामदेव गौतम पनि खुमलटार पुगेका थिए। ओली खुमलटारबाट फर्किएपछि बरिष्ठ नेता माधवकुमार नेपाल पनि खुमलटार पुगेका थिए । भेटमा प्रचण्डले संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता लिन भनेका थिए ।

    स्थायी कमिटी बैठकले फिर्ता लिने निर्णय गरिसक्दा समेत प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिन ढिलाइ गर्दा प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सशंकित देखिएको छ ।

    प्रचण्डलाई भेटेपछि गृहमन्त्री रामबहादुर थापाको सरकारी निवास पुल्चोक पुगेर ओलीले थापासहित स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङसँग भेटवार्ता गरेका छन् । ओली खुमलटारबाट फर्केपछि प्रचण्डले समेत वरिष्ठ नेता नेपाल र उपाध्यक्ष वामदेव गौतमसँग छलफल गरेका छन् ।

    ओलीले साँझ राष्ट्पति विद्यादेवी भण्डारी भेट्न शीतलनिवास पुगेका हुन् । पौने ६ बजे शीतलनिवास पुगेका ओली र राष्ट्पति भण्डारीबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको बुझिएको छ ।

    पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला ओलीको दौडधुपलाई अर्थपुर्ण रुपमा लिइएको छ । प्रधानमन्त्री ओलीले गत मंगलबार पार्टी र नेताहरुसँग कुनै छलफल नै नगरी अध्यादेश ल्याएका थिए ।

    त्यसपछि उनको चौतर्फी आलोचाना हुनुका साथै अध्यादेश फिर्ता लिन दवाव परेको छ । नेकपाले उक्त अध्यादेश फिर्ता गर्न निर्देशनदिएपनि प्रधानमन्त्री ओलीले राजनीतिक सहमति नजुट्दासम्म फिर्ता नलिने बताउदै आएका छन् ।

    सरकार र पार्टी सञ्चालनमा असफल भएको भन्दै नेकपाको एक समूहले उनको बहिर्गमनको माग गरिरहेको छ । तर, उनले त्यसलाई रोक्न अनेक उपायहरु अपनाएपनि असफल हुदै आएका छन् ।

    यता प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र विपक्षी जनता समाजवादी पार्टी (जसपा)बीच दुई बुँढे समझदारी भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा काँग्रेस र जसपाका नेताहरुबीच भएको छलफलमा तत्काल संसद बैठक बोलाउन माग गर्ने र संसदमा भएको विपक्षी दलबीच सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको काँग्रेस नेता मिनेन्द्र रिजाले जानकारी दिए ।

    उनले भने, ‘हिजो हामीले संसद अधिवेशन तत्काल बोलाउन भनेका थियौँ । यो विषयमा सबै विपक्षी दलसँग कुरा गर्छौ भनेको छौँ । त्यही अनुसार आज हामीले विपक्षी दल जनता समाजवादी पार्टीलाई बोलायौँ । आसन्न अधिवेशनमा विपक्षीको भूमिका समन्वयात्मक रुपमा अझबढी प्रभावकारी कसरी बनाउने भन्ने छलफल भयो । आउने अधिवेशन विपक्षी समन्वय गर्दै प्रभावकारी रुपमा प्रस्तुत हुन्छौँ ।’

    यस्तै काँग्रेस नेता रमेश लेखकले पनि शुक्रबार काँग्रेस संसदीय दल कार्यसमिति बैठकबाट भएका निर्णयकको वरिपरी छलफल भएको बताए । उनका अनुसार संवैधानिक परिषद्को कार्यविधि सम्बन्धमा जारी गरिएको अध्यादेश तत्काल फिर्ता लिइ अबिलम्ब संसद बैठक बोलाउन माग छलफलको जोड थियो ।

    सरकारका असंवैधानिक र अलोकतान्त्रिक गतिविधि, भ्रष्टाचार, कोरोना महामारी नियन्त्रणमा देखाएको गैरजिम्मेवारीका विषयमा पनि छलफल भएको उनले बताए । छलफलम काँग्रेसबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्यद्वय डा. मीनेन्द्र रिजाल र रमेश लेखक तथा जसपाबाट अध्यक्ष महन्थ ठाकुर र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतो सहभागी थिए ।

    शुक्रबार सभापति देउवाले संसदको विशेष अधिवेशन बेलाउन जसपाले सहयोग नगरेको आसयको ट्वीट गरेपछि जसपाका शीर्ष नेता बुढानीलकण्ठ पुगेको बुझिएको छ । आज विपक्षी दल समन्वयका साथ अगाडि बढ्ने कुरामा नेताहरुबीच दुई घण्टा बढी छलफल भएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया