• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    चिनी उद्योगका मालिकहरूलाई जनकारबाही गर्ने जनसरकारकाे चेतावनी, हेर्नुहाेस विज्ञप्तिसहित

    2.8K
    SHARES

    काठमाडौँ । बिद्रोही नेपाल कम्युनिस्ट पार्टीद्वारा सञ्चालित केन्द्रीय सत्ता केन्द्रीय जनपरिषद् नेपालले उखु किसानको आन्दोलनप्रपित ऐक्यबद्धता प्रकट गर्दै किसानमारा चिनी उद्योगका मालिकहरूलाई जनकारबाही गर्ने चेतावनी दिएको छ ।

    जनपरिषद्का प्रमुख सन्तोष बुढामगरले शनिबार विज्ञप्ति जारी गर्दै अविलम्ब उखु किसानको रकम भुक्तान नगरिए चिनी उद्योगका ठग मालिकहरूलाई जनसत्ताले कारबाही गर्ने चेतावनी दिएका हुन् ।

    जनपरिषद् प्रमुख बुढामगर जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ-, ‘चिनी उद्योगका मालिकहरूबाट लामो समय शोषण र उत्पीडन झेल्दै आइराखेका र सरकारबाट समेत ठगिएर आफ्नो पसिनाको मूल्य पाउन पटकपटक सडकमा उत्रिन बाध्य उखु किसानहरूको समस्या र आन्दोलनबारे जनसत्ताका तर्फबाट गम्भीर र सूक्ष्म अध्ययन भइरहेको छ । सरकार नै साक्षी बसेर भएको सहमति कार्यान्वयन गराउन पनि फेरि आन्दोलन गर्नुपर्ने अवस्था आउनु यो राज्यव्यवस्थाको चरम लापरबाही, गैरजिम्मेवारी, निकम्मापन र असफलता हो । केन्द्रीय जनपरिषद् उखु किसानहरूको यो आन्दोलनप्रति पूर्ण साथ र ऐक्यबद्धता प्रकट गर्दछ ।’

    श्रमिक किसानहरूको पसिनाबाट केही दलालहरूको दिनप्रतिदिन महल ठडिँदै जाने र जीवनभर मेहनतरत किसानहरूको भएको घर र खेतसमेत लिलाम भई बेघरबार र बिचल्ली बन्नुपर्ने भन्दै उनले यही परिपाटी र यस्तो राज्यव्यवस्थाको अन्त्यका लागि आफुहरु एकीकृत जनक्रान्तिमार्फत सङ्घर्षमा डटिरहेको बताएका छन्।

    ‘श्रमिक किसानहरूको पसिनाबाट केही दलालहरूको दिनप्रतिदिन महल ठडिँदै जाने र जीवनभर मेहनतरत किसानहरूको भएको घर र खेतसमेत लिलाम भई बेघरबार र बिचल्ली बन्नुपर्ने यही परिपाटी र यस्तो राज्यव्यवस्थाको अन्त्यका लागि हामी एकीकृत जनक्रान्तिमार्फत सङ्घर्षमा डटिरहेका छौँ ।’ विज्ञप्तिमा अगाडि भनिएको छ,- ‘हामी सम्पूर्ण उत्पीडित उखु किसानहरूले पाउनुपर्ने सम्पूर्ण रकम क्षतिपूर्तिसहित तुरुन्तै भुक्तान गर्न जोडदार माग गर्दछौँ । अन्यथा उत्पीडित किसानहरूका तर्फबाट उपरोक्त किसानमारा शोषक र ठगहरूलाई जनसत्ताले कारबाही गर्ने विषयसमेत सम्बन्धित सबै पक्षलाई जानकारी गराउँछौँ ।’

    उखुको भुक्तानी माग गर्दै एक सातादेखि किसान काठमाडौंको माइतीघर मण्डलामा आन्दोलनरत छन् । उनीहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै विभिन्न राजनीतिक दल, संघसंस्था प्रदर्शनस्थल पुगिरहेका छन् । समाजिक सञ्जालमार्फत पनि धेरैले किसानको पक्षमा ऐक्यबद्धता जनाएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ