• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    प्रचण्डसँगको भेटलगत्तै एकाएक शितल निवास किन पुगे प्रधानमन्त्री ओली

    1.2K
    SHARES

    काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन्। शनिबार साँझ राष्ट्रपति भण्डारीलाई भेट्न उनी शितल निवास पुगेको स्रोतले जानकारी दिएको हो ।

    पार्टीको विवाद चरमउत्कर्षमा पुगेका बेला दिनभर पार्टीका नेताहरुलाई भेटेका ओली साँझ राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेको स्रोतले जानकारी दिएको हो । उनीहरुबीच पछिल्लो राजनीतिक घटनाक्रम, अध्यादेश विवादलगायत विषय छलफल भइरहेको जनाइएको छ ।

    यसअघि शनिबार बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न उनी खुमलटार पुगेका थिए। त्यहाँ उपाध्यक्ष वामदेव गौतम पनि उपस्थित थिए। प्रचण्डलाई भेटेर बाहिरिएलगत्तै उनी मन्त्रीहरूलाई भेट्न मन्त्री निवास पुल्चोक पुगेका थिए।

    यस्तै बिहान प्रचण्ड र उपाध्यक्ष गौतमलाई भेटघाट गरेलगत्तै प्रधानमन्त्री ओली गृहमन्त्री थापा निवास पुगेका हुन्। गृहमन्त्रीको सरकारी निवासमा बादलसँगै भौतिक योजना तथा यातायात मन्त्री वसन्त नेम्वाङ तथा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि सहभागी छन्।

    प्रचण्ड र ओलीबीच छलफल भइरहेकै बेला पार्टी उपाध्यक्ष वामदेव गौतम पनि खुमलटार पुगेका थिए । यसैबीच पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल खुमलटार पुगेका छन् । अहिले प्रचण्ड र नेपालबीच छलफल भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

    पार्टीमा आन्तरिक विवाद चर्किरहेका बेला एकपछि अर्को गरी नेताहरु दाहाललाई भेट्न खुमलटार जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।शुक्रबार मात्रै प्रचण्ड–नेपाल समूहले पेरिसडाँडामा प्रदेश एकका जिल्ला अध्यक्ष र सचिवहरुको भेला आयोजना गरेका थिए । प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक ओली प्रचण्डलाई भेट्न उनकै निवास गएका हुन् ।

    अध्यक्ष पुष्पकमल प्रचण्ड र माधव नेपालले शुक्रबार जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडामा प्रदेश १ का आफूनिकट जिल्ला अध्यक्ष, सचिव र केन्द्रीय सदस्यहरूको भेला गरी संगठित विरोधमा उत्रिन निर्देश गरेका थिए ।

    गत साता वाग्मती प्रदेशस्तरीय भेला गरेको दाहाल–नेपाल समूहले यो साता प्रदेश १ को भेला आयोजना गरेको हो । पार्टीभित्र सहमति खोज्नका लागि स्थायी कमिटी बैठक पर सारिरहेका बेला दुवै समूहले गुटगत गतिविधिलाई जारी राख्दै आफ्नो शक्ति सञ्चयलाई निरन्तरता दिएका हुन् ।

    कोटेश्वर भेलापछि प्रचण्डले साँझ प्रधानमन्त्री ओलीलाई भेटेका थिए । छलफलमा स्थायी कमिटीको निर्णय कार्यान्वयनको विषयमा केन्द्रित भए पनि कुनै ठोस सहमति भने भएको छैन । ओलीले अझै पनि दुवै दस्ताबेज फिर्ता लिएर साझा सहमतिको दस्ताबेज बनाएर जानुपर्ने प्रस्ताव गरिरहेका छन्  ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया