• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    प्रचण्डसँग २ घण्टा लामो वार्ता सकेलगत्तै गृहमन्त्री बादल निवास पुगे प्रधानमन्त्री ओली

    1.1K
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटे लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्री रामबहादुर थापाको सरकारी निवास पुल्चोक पुगेका छन्।

    बिहान प्रचण्ड र उपाध्यक्ष गौतमलाई भेटघाट गरेलगत्तै प्रधानमन्त्री ओली गृहमन्त्री थापा निवास पुगेका हुन्। गृहमन्त्रीको सरकारी निवासमा बादलसँगै भौतिक योजना तथा यातायात मन्त्री वसन्त नेम्वाङ तथा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि सहभागी छन्।

    प्रचण्ड र ओलीबीच छलफल भइरहेकै बेला पार्टी उपाध्यक्ष वामदेव गौतम पनि खुमलटार पुगेका थिए । यसैबीच पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल खुमलटार पुगेका छन् । अहिले प्रचण्ड र नेपालबीच छलफल भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

    पार्टीमा आन्तरिक विवाद चर्किरहेका बेला एकपछि अर्को गरी नेताहरु दाहाललाई भेट्न खुमलटार जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।शुक्रबार मात्रै प्रचण्ड–नेपाल समूहले पेरिसडाँडामा प्रदेश एकका जिल्ला अध्यक्ष र सचिवहरुको भेला आयोजना गरेका थिए । प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक ओली प्रचण्डलाई भेट्न उनकै निवास गएका हुन् ।

    अध्यक्ष पुष्पकमल प्रचण्ड र माधव नेपालले शुक्रबार जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडामा प्रदेश १ का आफूनिकट जिल्ला अध्यक्ष, सचिव र केन्द्रीय सदस्यहरूको भेला गरी संगठित विरोधमा उत्रिन निर्देश गरेका थिए ।

    गत साता वाग्मती प्रदेशस्तरीय भेला गरेको दाहाल–नेपाल समूहले यो साता प्रदेश १ को भेला आयोजना गरेको हो । पार्टीभित्र सहमति खोज्नका लागि स्थायी कमिटी बैठक पर सारिरहेका बेला दुवै समूहले गुटगत गतिविधिलाई जारी राख्दै आफ्नो शक्ति सञ्चयलाई निरन्तरता दिएका हुन् ।

    कोटेश्वर भेलापछि प्रचण्डले साँझ प्रधानमन्त्री ओलीलाई भेटेका थिए । छलफलमा स्थायी कमिटीको निर्णय कार्यान्वयनको विषयमा केन्द्रित भए पनि कुनै ठोस सहमति भने भएको छैन । ओलीले अझै पनि दुवै दस्ताबेज फिर्ता लिएर साझा सहमतिको दस्ताबेज बनाएर जानुपर्ने प्रस्ताव गरिरहेका छन्  ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया