• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    एसियन भलिबल च्याम्पियनसिपमा नेपाली महिला टोली पठाउने निर्णय

    1.4K
    SHARES

    काठमाडौँ । नेपाल भलिबल संघ (एनभिए) ले २०२१ मा चीनले आयोजना गर्ने एसियन महिला भलिबल च्याम्पियनसिपमा टिम पठाउने भएको छ ।

    बुधबार बसेको एनभिएको कार्यसमिति बैठकले सन् २०२१ मा चीनको गोन्जाओ शहरमा एसियन च्याम्पियनसिपमा नेपाली टोलीलाई पठाउने निर्णय गरेको हो । एसियन च्याम्पियनसिप अगष्ट २९ बाट सेप्टेम्बर ५ सम्म चल्नेछ ।

    नेपाल भलिबल संघले एसियन च्याम्पियनसिप खेल्ने दाबी सहित एसियाली भलिबल महासंघ (एभीसी)लाई पत्र पठाइसकेको छ ।च्याम्पियनसिपमा सेन्ट्रल जोनबाट एक देश सहभागी हुने व्यवस्था छ । जसको च्याम्पियन नेपाली टोलीले सहभागिता जनाउन पाउनु पर्ने भन्दै नेपालले दाबी गरेको हो ।

    अघिल्लो वर्ष बंगलादेशमा भएको सेन्ट्रल जोनमा नेपाली टोली विजेता बनेको थियो । यस्तै, घरेलु मेदानमा भएको दषिण एसियाली खेलकुदमा नेपालले रजत पदक हात पारेको थियो । पछिल्ला दुई प्रतियोगितामा नेपाली टोलीले हात पारेको सफलताले नै एनभिएलाई महिला टोलीलाई च्याम्पियनसिपमा पठाउन दबाब बनेको हो ।

    एसियन च्याम्पियनसिपमा सहभागी हुन जनवरी १५ सम्म टिम दर्ता गर्नुपर्ने छ । सोही अनुसार भलिबल संघले नेपाली टिमलाई सहभागी गराउने निर्णय गरेको हो । एभिसीले नेपालको दाबी स्वीकार गरेमा नेपालको महिला टिमले अर्को वर्ष एसियन च्याम्पियनसिपमा सहभागीता जनाउनेछ ।

    कोरोना भाइरसका कारण घरमा रहेका खेलाडीका लागि भने संघले तत्कालका लागि कुनै निर्णय गरेको छैन । महामारी कम नभएको भन्दै संघले खेलाडीलाई बन्द प्रशिक्षणमा डाक्न नसक्ने भन्दै खेलाडीका विषयमा मौन बसेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया