• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बागमती समाचार

    काठमाडौँ उपत्यकामा वर्षकै धेरै चिसो, कति डिग्रीमा झर्यो तापक्रम ?

    2K
    SHARES

    काठमाडौँ । काठमाडौं उपत्यकामा आज यो वर्षको धेरै जाडो भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान साढे ६ बजेको मापन अनुसार काठमाडौँ उपत्यकाको तापक्रम २.३ डिग्री सेल्सियसमा झरेको छ ।

    यसअघि बुधबार उपत्यकाको तापक्रम ३ डिग्री थियो । केही दिन यता काठमाडौँ उपत्यकाको तापक्रम नियमित घट्दै जाँदा चिसो अत्याधिक बढेको छ । रातको समयमा बादलले आकाश नढाकेकाले चिसो बढेको मौसमविद मञ्जु बासीले बताएकी छन् ।

    यद्यपि दिउँसो १७–१९ डिग्री सेल्सियससम्म तापक्रम रहने उनले बासीले बताइन् । यस्तै आज बिहानैदेखि तराई अधिकांश भू-भाग तथा पहाडका केही भागमा बाक्लो हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ ।

    रातको समयमा हुस्सुसहित शितलहर पर्न थालेपछि तराईका जिल्लामा ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा पर्न थालेका छन् । तराईमा दिउँसोसम्म नै हुस्सु लाग्ने र घाम लाग्ने सम्भावना कम रहेको मौसमविदले जनाएका छन् ।

    हुस्सु र कुहिरोले पारदर्शीतामा कमी भएकाले यात्रामा सजग रहन पनि महाशाखाले आह्वान गरेको छ । आज दिउँसो प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया