• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बागमती समाचार

    बालुवाटारमा सुरु भयो नेकपा स्थायी समिति बैठक, ओली पनि सहभागी

    1.4K
    SHARES

    काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बुधबार अपरान्ह बैठक सुरु भएको हो ।

    बैठकका लागि दिउँसोदेखि नै स्थायी कमिटी सदस्यहरु बालुवाटार पुगे पनि अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलका कारण बैठक बस्न सकेको थिएन ।

    अहिले उक्त छलफल सकिएपछि ओलीसमेत सहभागी भएर बैठक सुरु भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले स्थायी कमिटी बैठकमा प्रधानमन्त्री सहभागी भएको जानकारी दिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया