• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    स्थायी कमिटी बैठकअघि ओली-प्रचण्डबीच ‘वान टु वान’ वार्ता

    0.9K
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अपराह्न डाकिएको बैठअघि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच एक्ला एक्लै भेटवार्ता भएको छ ।

    बालुवाटारमा राखिएको स्थायी कमिटी बैठकअघि ओली र दाहालबीच भेटवार्ता जारी छ । एकपक्षीय रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि विवाद झन चुलिएपछि ओली र दाहालबीच भेटवार्ता भएको हो ।

    दुई जनाको भेटअघि दाहाल निवास खुमलटार पुगेर स्थायी कमिटी सदस्य शंकर पोखरेलले दुई अध्यक्षबीच भेटवार्ता गरेर समस्या समाधानका लागि आग्रह गरेका थिए ।

    पार्टी सञ्चालन र सरकार सञ्चालनका विषयबाट सुरू भएको नेकपा विवाद पछिल्लो समय विभिन्न नियुक्ति र पछिल्लो अध्यादेश प्रकरणपछि झनै चुलिएको छ ।

    अध्यादेश जारी भएलगत्तै खुमलटारमा मंगलबार बसेको दाहाल, वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठको बैठकले तत्काल अध्यादेश खारेज नभए ओलीविरद्ध कठोर कदम चाल्ने चेतावनीसमेत दिइसकेका छन् ।

    यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीकानिकट स्थायी कमिटी सदस्य शंकर पोखरेलले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।

    सरकारले संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएपछि पार्टी विवाद झन् चर्किएका बेला पोखरेल बुधबार बिहानै प्रचण्ड निवास खुमलाटार पुगेका हुन् । भेटमा पोखरेलले प्रचण्डलाई पार्टी असहमतिलाई बैठकअघि दुई अध्यक्ष मिलेर सुल्झाउन आग्रह गरेको बताइएको छ ।

    जवाफमा प्रचण्डले आफू विवाद मिलाउन लचिलो बनिरहेका बेला ओलीले एकलौटीरूपमा अध्यादेश ल्याएर पार्टी फुटलाई बढवा दिएकाले सामूहिक रूपमा नै छलफल हुने बताएको स्रोतले जनाएको छ ।

    अब स्थायी कमिटी र केन्द्रीय कमिटीबाटै यावत विषयको छिनोफानो हुने प्रचण्डले पोखरेललाई सन्देश दिएका छन् । पोखरेलसँगको भेटपछि प्रचण्डले आफूनिकट केही नेताहरूलाई पनि खुमलटार बोलाएर भेटेको जनाइएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया