• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    वामदेव गौतमको कडा टिप्पणी- ‘ओलीले ल्याएको अध्यादेशले संविधानमाथि बला-त्कार गर्यो’

    889
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले संवैधानिक परिषदसम्बन्धी अध्यादेशबाट संविधानमाथि बला-त्कार भएको टिप्पणी गरेका छन् । सरकारले मंगलबार जारी गरेको अध्यादेशबारे कडा प्रतिक्रिया दिँदै उपाध्यक्ष गौतमले अध्यादेशमार्फत् ऐन संशोधन गर्न पाइने तर संविधान संशोधन गर्न नपाइने बताएका छन् ।

    मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरिएको थियो । मन्त्रिपरिषदलाईसमेत थाहा नदिई जारी गरिएको अध्यादेशमा बहुमतका आधारमा निर्णय गर्न सकिने व्यवस्था छ ।

    अध्यादेशबारे प्रतिक्रिया दिँदै उपाध्यक्ष गौतमले भने, ‘अध्यादेशले ऐन संशोधन गर्न पाइन्छ, संविधान पाइन्न । अहिले जारी अध्यादेशले एकैचोटि ऐन र संविधान दुवैलाई संशोधन गरेको छ । कतिपय ऐनमा संविधानको व्यवस्था जस्ताको त्यस्तै राखेको हुन्छ । त्यो संशोधन गर्न ऐन होइन संविधान नै संशोधन गर्न पर्छ । जवर्जस्ती गरियो भने त्यो संविधान माथिको बला-त्कार हुन्छ । अहिले त्यही भएको छ ।’

    उपाध्यक्ष गौतमले यो अध्यादेश संविधानको भावना, नेकपाको सचिवालय र स्थायी कमिटीको भदौ २६ को निर्णयविरुद्ध भएको पनि बताएका छन् । अध्यादेश जारी गर्ने प्रधानमन्त्री ओलीको कदमको नेकपा, नेपाली कांग्रेस, अन्य राजनीतिक दल र संविधानका जानकारहरुले पनि विरोध गरेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया