• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    भिडियो वार्ता

    अर्को विवाह गर्न लागेकोबारे मनोज गजुरेलले खोले यस्तो बेग्लै रहस्य, हेर्नुस् भिडियोसहित

    3.3K
    SHARES

    काठमाडौ । हास्य कलाकार मनोज गजुरेलले दोस्रो विवाह गर्ने निर्णय गरेका छन् । उनले सार्वजनिक रुपमै आफुले अब छिट्टै विवाह गर्न लागेको बताएका छन् । एक टेलिभिजन कार्यक्रममा अन्तरवार्ताका क्रममा उनले अब आफुलाई पनि एक जना साथीको आवश्यकता भएको महशुस गरेको भन्दै छिटै विवाह गर्ने बताएका छन् ।

    उनले आफु विवाह गर्ने निर्णयमा पुग्नुको कारण पनि खुलाएका छन् । उनले फागुन महिना भित्रै विवाह गर्ने पनि खुलाएका छन् । उनले आफुलाई कोरोना पुष्टि भएर अस्पतालमा बस्दा भोगेको अनुभवका कारणले पनि अब विवाह गर्नुपर्छ भन्ने लागेको पनि बताए ।

    उनले पुर्व पत्नी मिना ढकालसंग सम्बन्ध विच्छेद गरेपछि सामाजिक सञ्जाल फेसवुकमा त्यतीबेला लेखेको कुरा अहिले पनि त्यही मेरो धारणा हो भन्दै त्यसवारे थप केही नबोल्ने पनि बताए ।

    उनको पहिलेको बिहे सफन नभएपछि मनोज र उनकी श्रीमती अलग बस्दै आएका थिए । मनोजले बिहे गर्ने थाहा पाएपछि मिना ढकालले फेसबुकमा आफ्ना भावना ब्यक्त गरेकी छिन् । उनका केही स्टाटस र भनाईहरु बिबादास्पद पनि बनेका छन् ।
    गजुरेलले आफूले बिहे गर्न लागेको सत्य भएको बताए । उनले केटीको बारेमा थप खुलाउन भने चाहेनन् । अहिले तयारी भै रहेकाले सबै भन्न नमिल्ले भन्दै गजुरेलले समय आएपछि आफै पर्दा खुल्दै जाने बताए । उनले निकट भविश्यमै केटीको बारेमा कुरा सार्वजनिक गर्ने बताए ।

    २०५३ सालमा प्रेम विवाह गरेका मनोज गजुरेल र मिना ढकाल कानूनी रुपमा अलग भएपछि एक अर्का प्रति आरोप लगाउने गरेका थिए । मनोज गजुरेलले विवाह बारे बोलेको कुरा भिडियोको ३४ मिनेटमा हेर्न सक्नुहुनेछ ।

    यस्तै पुर्व पत्नी मिना ढकालले आफ्नाबारे सामाजिक सञ्जालमा ब्यक्त गरेका सार्बजनिक अभिव्यक्तिलाई लिएर गजुरेलले प्रहरीको साइबर ब्यूरोमा मुद्दा दायर गर्ने समेत बताएका छन् । केहि यूट्युबेहरुले उचालेर मिनालाई आफ्ना बिरुद्ध तथानाम बोल्न लगाएको भन्दै गजुरेलले उनीहरुका बिरुद्ध समेत मुद्दा दर्ता गर्ने बताएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया