• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    गण्डकी समाचार

    जेलभित्रै आफ्ना नेताको मृत्यु भएपछि विप्लव आक्रोशित, ओली सरकार र जेल प्रशासनलाई के भने ?

    3.5K
    SHARES

    काठमाडौँ : नेपाल कम्युस्टि पार्टीका महासचिव विप्लवले सरकारको नियन्त्रणमै रहँदा उपचार नपाएर नेकपा म्याग्दीका नेता जगेन्द्र पुन ‘जगत’ को मृत्यु भएकाले उक्त घटना छानबिन गर्न मानवअधिकारवादीहरूसमक्ष आह्वान गरेका छन् ।

    महासचिव विप्लवले मङ्गलबार प्रेस विज्ञप्ति जारी गरी राज्यको नियन्त्रणमा रहेको र बिरामी अवस्थामा समेत उपचार नपाई नेता जगतको मृत्यु भएकाले नेकपा र राजबन्दीप्रतिको राज्यको वास्तविक चरित्र र व्यवहार छर्लङ्ग भएको पनि बताएका छन् ।

    महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ,- ‘म्याग्दीका लोकप्रिय नेता कमरेड जगेन्द्र पुन ‘जगत’ को अस्वाभाविक मृत्युको घटनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । राज्यको नियन्त्रणमा रही बिरामी अवस्थामा समेत उपचार नपाई मृत्यु भएको घटनाले राज्यको वास्तविक चरित्र र राजबन्दीप्रतिको व्यवहार छर्लङ्ग भएको छ । आफू बिरामी भएको जानकारी गराउँदासमेत समयमै उपचारकार्यमा बेवास्ता गरी जेल प्रशासनसमेत आपराधिक कार्यमा संलग्न रहेको स्पष्ट हुन्छ ।’

    उनले जगतको मृत्युका बारेमा सत्यतथ्य छानबिन गर्न सम्पूर्ण मानवअधिकारवादी, कानुनविद् र सम्बन्धित सबैसँग हार्दिक अनुरोध गर्दै घटनाका दोषीप्रति कारबाही गर्न आग्रह गरेका छन् ।

    महासचिव विप्लवले विज्ञप्तिमा भनेका छन्, ‘कमरेड जगेन्द्र पुन ‘जगत’ को मृत्युका बारेमा सत्यतथ्य छानबिन गर्न सम्पूर्ण मानवअधिकारवादी, कानुनविद् र सम्बन्धित सबैसँग हार्दिक अनुरोध गर्दछौँ । साथै यस घटनाका दोषीप्रति कारबाही गर्न आग्रह गर्दछौँ ।’

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ