मुम्बई । सलमान खान जति फिल्मका कारण चर्चामा छन्, त्यति नै उनको प्रेम जीवन पनि चचामा रहने गर्छ । उनको नाम संगीता बिजलानी, सोमी अली, ऐश्वर्या, क्याटरीना कैफ, युलिया बन्तुर लगायतसँग जोडिने गर्छ ।
ऐश्वर्यालाई छोड्ने हो भने उनी हरेक सम्बन्धलाई सामान्य रुपमा लिएका थिए । उनी आफ्नो पार्टीमा पनि सबैलाई बोलाउँथे । दशका दम’ नाम टिभी शोमा सलमान खानले एक रमाइलो किस्सा सुनाएका थिए ।
उनले भनेका थिए, उनी आफ्नी गर्लफ्रेण्डलाई भेट्न गर्लफ्रेण्डको घर गएका थिए । घरमा यी दुईबाहेक कोही थिएनन् । एक्कासी घरमा युवतीका परिवार आइपुगे । त्यतिबेला सलमान खान घरमा लुक्ने मौका खोजे । उनी लुक्नका लागि ठाउँ खोज्न थाले ।
लगत्तै उनी बेडरुममा भएको दराजमा लुके । बल्लतल्ल उनी आलमारीमा लुकेका थिए । सलमान खानका अनुसार दराजमा धूलो थियो । उनलाई हाछ्युँ आयो । भाँडा पनि खसे । लगत्तै सलमान खान रंगे हात पक्राउ परे । परिवारसँग त्यस्तो कुनै लफडा पनि भएन । तर सलमान खानले आफ्नी गर्लफेन्डको नाम भने बताएनन् ।
त्यस्तै गुगलले सन् २०२० मा सर्वाधिक खोजिएका व्यक्तिहरुको नाम सार्वजनिक गरेको छ । भारतमा सर्वाधिक खोजिएका व्यक्तिहरुको सूचीमा जो वाइडेनको नाम पहिलो स्थानमा छ ।
यो बर्ष सर्वाधिक खोजिने बलिउडकर्मीमा गायिका कनिका कपुर छिन् । कोरोनाबाट संक्रमित भएको खबरसँग उनको बिषयमा धेरै खोजिएको थियो । यस्तै, कोरोना संक्रमित भएपछि पनि लुकाएको, लण्डन पुगेर पार्टी गरेको लगायतका खबरहरु फैलिएपछि भारतीयहरुले उनलाई सर्वाधिक खोजेका थिए ।
सर्वाधिक खोजिने बलिउडकर्मीमा नायक अमिताभ बच्चन कनिका भन्दा पछाडि छन् । नायिका रिया चक्रवर्ती, कलाकार अंकिता लोखन्डे र नायिका कंगना रनावत टप १० सूचीमा अटाएका छन् ।
यो बर्षभर नै विवादमा रहेपनि नायिका कंगना रनावतको नाम भने दशौं नम्बरमा छ । कोरोना संक्रमित भएपछि अमिताभलाई सर्वाधिक खोजिएको थियो भने सुशान्त सिंह राजपुतको निधनपछि रिया चक्रवर्ती पनि दर्शकको खोजीको सूचीमा परेकी थिइन् ।
यस्तै बलिवुड नायिका जुही चावलाले आफ्नो हिराको झुम्का एयरपोर्टमा हराएको ट्वीटरमार्फत् जानकारी दिइन् । जुहीले आफ्नो यो झुम्का भेटाउने व्यक्तिलाई उचित इनाम दिने घोषणा पनि गरिसकेकी छिन् ।
जुहीले आफ्नो ट्वीटमा भनेकी छिन्, ‘बिहान म मुम्बई एयरपोर्टको गेट नम्बर ८ मा जाँदै थिएँ । इमिरेट्स काउन्टमा मैले चेक इन गरेँ, सेक्युरिटी चेक भयो तर बीचमा कतै मेरो हिराको झुम्का खस्यो ।
यता बिहारको एक कलेजका विद्यार्थीले आफ्नो एडमिट कार्डमा बुवाको नाममा बलिउड अभिनेता इमरान हासमी र आमाको नाममा सन्नी लियोनी उल्लेख गरेका छन् । धनराज महतो डिग्री कलेजमा बीए दोस्रो वर्षमा अध्ययनरत २० वर्षीय कुन्दन कुमारले सो दाबी गरेका हुन् ।
सो एडमिड कार्ड यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । यस दाबीबारे सन्नी लियोनीले पनि प्रतिक्रिया जनाएकी छन् । उनले ट्वीटरमा लेखेकी छन्, ‘ठूलो सपना देख्ने बाटोमा, हाहा….. ।’ गत हप्ता इमरान हास्मीले पनि यसबारे प्रतिक्रिया जनाउँदै ‘भगवान कसम, मेरो बच्चा होइन’ भन्ने प्रतिक्रिया दिएका थिए ।
उक्त एडमिट कार्डबारे थाहा पाएपछि बाबसाहेब भीमराओ अम्बेडकर विहार विश्व विद्यालयका अधिकारी नै आश्चर्यचकित छन् । कुन्दनले बुवा र आमा भनेर इमरान र सन्नीको नाम लेख्नुका साथै आफू बस्ने स्थानमा चतुरभुज स्थान लेखेका छन् । रोचक कुरा, यो एक रेड लाइट क्षेत्र हो ।
‘हामीले यस विषयमा छानबिन गर्न भनेका छौँ । यो पक्कै पनि विद्यार्थीको मजाक हो र यसका लागि उनी नै जिम्मवार देखिन्छन् । छानविनको रिपोर्टको आधारमा आवश्यक कारवाही गरिनेछ,’ विश्वविद्यालयका रजिस्ट्रार राम कृष्ण ठाकुरले भने । बादशाओ चलचित्रका लागि एक आइटम गीतमा इमरान र सन्नीसँगै देखिएका थिए । त्यसयता उनीहरुले एकै चलचित्रमा काम गरेका छैनन् ।
जुहीले थपिन्, ‘यदि कसैले मेरो मद्दत गर्न सक्नुभयो भने मलाई निकै खुसी लाग्नेछ । तपाईंले प्रहरीले खबर गरिदिनुहोस्, म तपाईंलाई इनाम दिनेछु । यो मेरो म्याचिङ पिस हो जसलाई मैले विगत १५ वर्षदेखि लगातार लगाइरहेकी छु । कृपया खोज्न मेरो मद्दत गर्नुहोस् ।’ यो लामो पोस्टसमा जुहीले उक्त हिराको झुम्काको फोटो पनि सेयर गरेकी छिन् ।
यस्तै किसानको आन्दोलनमा सहभागी भएकी बृद्धा मोहिन्दर कौरमाथि टिप्पणी गरेपछि बलिउड नायिका कंगना रनावत विवादमा फसेकी छिन् । गायक मिका सिंहदेखि नायिका स्वरा भास्करसम्मले कंगनाको विरोध गरेका छन् ।
गायक मिका सिंहले त कंगनालाई आफूहरुको बाटोमा नहिड्न चेतावनी समेत दिएका छन् । सामाजिक संजालमा मिकाले लेखेका छन्–‘हाम्रो उद्देश्य किसानहरुलाई समर्थन गर्नु हो । यसैले, हामीले कंगनालाई भन्दा किसानहरुको आन्दोलनमा ध्यान दिन जरुरी छ ।
जतिबेला कंगनाले बलिउडका कलाकारहरु करण जोहर, रणवीर सिंह, ऋतिक रोशनलाई टार्गेट गर्छिन्, उनको विरोध कम हुन्छ । तर, किसानहरुको विचमा कंगना तिमी नआउ । तिमी आफ्नो अर्थहिन पोष्ट गर, कुनै समस्या छैन । तर, हाम्रो बाटोमा बिर्सिएर पनि नआउनु ।’
यस्तै, नायिका स्वरा भाष्करले कंगनाको प्रतिक्रियालाई घटिया भन्दै उनले बिष निकाल्ने काम गरेको प्रतिक्रिया दिएकी छिन् । स्वराले कंगनाले गर्ने कुनै पनि पोष्ट कुनै न कुनै एजेन्डाबाट प्रभावित हुने पनि बताएकी छिन् ।
प्रतिक्रिया