• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बागमती समाचार

    पशुपति मन्दिर खोल्नुअघि राष्ट्रपतिले गरिन क्षमापूजा

    1K
    SHARES

    काठमाडौँ । कोरोना महामारीका कारण ९ महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिरमा मंगलबार क्षमापूजा गरिएको छ । लामो समय मन्दिर बन्द राख्नुपरेकाले क्षमापूजा गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

    क्षमापूजाका लागि राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार बिहान पशुपतिनाथ पुगेकी थिइन् । प्राचीनकालदेखि पशुपतिनाथमा नियमित रूपमा पूजा हुँदै आएकोमा कोरोनाकै कारण रोकिएको थियो ।

    न्युज एजेन्सी नेपालका अनुसार क्षमापूजा गरिएसँगै पुस १ गते बुधबारदेखि सर्वसाधारणका लागि पशुपतिमा प्रवेश खुला गर्न लागिएको पनि कोषले जनाएको छ । पहिलो चरणमा मन्दिरको पश्चिम ढोकाबाट सर्वसाधारणलाई प्रवेश गर्न दिइनेछ भने सोही ढोकाबाट नै बाहिर निस्कने व्यवस्था मिलाइएको छ ।

    मन्दिर प्रवेश गर्नेहरूले मास्क अनिवार्य लगाउनुपर्ने नियम बनाइएको छ । मन्दिरमा हुने विशेष पूजा, भजनकीर्तनलगायत क्रियाकलाप भने अहिले सुरु नहुने कोषले जनाएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया