• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    तापक्रम ह्वात्तै घटेपछि काठमाडौँमा चिसो बढ्यो, तराईमा हुस्सु

    1.3K
    SHARES

    काठमाडौँ । काठमाडौँ उपत्यकामा आज यो वर्षकै कम तापक्रम मापन भएको छ । आज विहान ६ बजे गरिएको मापनमा काठमाडौँ उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार उपत्यकाको यो तापक्रम वर्षकै सबैभन्दा कम हो । तापक्रम घटेकै कारण आज बिहान काठमाडौँ उपत्यकामा धेरै चिसो महसुस भएको छ । मुलुकभर पश्चिमी वायुको असर रहँदा तराईका अधिकांश जिल्लामा बाक्लो हुस्सु लागेको पनि महाशाखाले जनाएको छ ।

    मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार अहिले तराईका अधिकांश क्षेत्र र पहाडका एकाध ठाउँमा पनि हुस्सु लागेको छ । बाक्लो हुस्सुका स्थानमा पारदर्शिता कम भइ देख्न गाह्रो हुने भएकाले यात्रामा साबधानी अपनाउ पनि महाशाखाले आह्वान गरेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया