• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    अहिलेसम्म विश्वभर ७ करोडभन्दा बढीमा कोरोना संक्रमण, निको हुनेको संख्या ५ करोड

    1.2K
    SHARES

    काठमाडौँ । विश्वभर कोरोना संक्रमितको संख्या ७ करोड ३१ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ५ लाख २७ हजार ६३ जनामा संक्रमण भएसँगै विश्वभर संक्रमित संख्या ७ करोड ३१ लाख ८० हजार नाघेको छ ।

    कोरोना भाइरसको संक्रमण फैलिएको एक वर्ष वित्दा कोभिड-१९ को खोप पनि विकास भइसकेको छ । यद्यपि खोप नै प्रयोग नगरी संक्रमण मुक्त हुनेको संख्या पछिल्ला दिनमा बढ्दै गएको छ ।

    पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ४ लाख ४९ हजार ९०६ जना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या ५ करोड १३ लाख १० हजार नाघेको छ ।

    मंगलबार बिहान यो समाचार तयार पार्दासम्म विश्वमा कोरोनाबाट ज्यान गुमाउनको संख्या १६ लाख २७ हजार नाघेको छ । बितेको २४ घण्टामा ८ हजार ४६७ जना संक्रमितको मृत्यु भएको छ । योसँगै १६ लाख २७ हजार ३५७ संक्रमितको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ ।

    हाल विश्वमा २ करोड १ लाख ६० हजार ७७६ सक्रिय संक्रमित छन् । तीमध्ये १ लाख ६ हजार ४९५ जना गम्भीर बिरामी छन्। सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा संक्रमित संख्या १ करोड ६९ लाख नाघेको छ । त्यहाँ अहिलेसम्म ३ लाख ८ हजारभन्दा बढी संक्रमितले ज्यान गुमाएका छन्।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया